
हाँसेर बाँच्ने रहरमा जीवन ;
खोजिरहेछु जहरमा जीवन ।
कदम कदममा भेटेँ पराई ;
बेवारिसे भो शहरमा जीवन ।
आशाको झिनो तृणै समातककं ;
डुब्यो निराशा नहरमा जीवन ।
सुकेको मुढो किनारा खोज्दै ;
हेलियो नदी लहरमा जीवन ।
काफिया खोजेँ रदिफ मिलाएँ ;
खुस्कियो सधैँ बहरमा जीवन ।
वि.सं.२०७७ साउन ३ शनिवार ०९:१९ मा प्रकाशित





























