back
CTIZAN AD

कविताः वृद्धाश्रम

वि.सं.२०७७ साउन ३ शनिवार

858 

shares

झ्यालबाट सम्झनाका एकहुल हावाले
भित्तामा ठोकेको कठोर कीला र
कृतिम पुष्पमालाले सुसज्जित
कोमल चित्तको मेरो ‘वहाँको’
पुरानो श्यामस्वेत तस्विरलाई
स्पर्श गर्दा पनि,
म दुखी छैन,मन दुखी छैन ।

काखमा राखेर
‘उता हेर बाबु उता हेर’ भन्दै,
रिलवाला क्यामेरालाई लक्षित गराएर लिएको
३५ साल अघिको त्यो निर्दोष तस्विर,
सिरानी मुनिबाट झिकि, फर्काइ फर्काइ हेर्दा पनि,
म दुखी छैन,मन दुखी छैन ।

‘वहाँको’ हातको कान्छी औंला समाएर
‘बाबा बाबा मलाई ट्यो बन्डुक तिन्दिनु न’
तोते बोलीले गरेको आग्रह सम्झँदा
भक्कानिन्छु, घोरिन्छु, टोलिन्छु
ती प्रेमिल पलहरुका यादहरुले
अश्रुधारा बग्छन्
र पनि,
म दुखी छैन,मन दुखी छैन ।

पौडेलनी बजैको छोरा भेट्न आयो
पोखरेलनी आमै फुनमा कुरा गर्दैछिन्
कार्की बा को नातिले एकजोर
नयाँ कमिज सुरुवाल किनेर ल्याईदिएछ,
सबै सबै यी मेरा धूमिल नजरले देख्छु
वृद्ध कानहरुले सुन्छु
‘मलाई कोही भेट्न आएनन्’ भन्न सक्दै सक्दिन
रै पनि,
म दुखी छैन,मन दुखी छैन ।

दशैँ आउँछ, तिहार आउँछ
तीज,माघे सङ्क्रान्ति सबै-सबै आउँछ
सबैका सबै आउँछन्
कसैका कोही आउँदैनन्
‘मेरा कोही आउँदैनन्, मेरा कोही आएनन्’
त्यै पनि,
म दुखी छैन,मन दुखी छैन ।
दुःख त्यस बखत लाग्छ
जब म बसेको घरको आँगनमा आएर हेर्छु
र लेखिएको देख्छु
‘वृद्धाश्र’ ।।।

(नोटःयस रचनामा लेखिएका शब्द, बर्ग, धर्म वा जात केवल काल्पनिक हुन् यदि कोही कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।)

वि.सं.२०७७ साउन ३ शनिवार ०९:२५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...