back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन ३ शनिवार

981 

shares

आज लेख्ने कथा आजै लेख भोलिको कुनै विश्वास हुदैन
अर्कैको अधीनमा चल्ने ढुक्ढुकी ग्यारेण्टी यसको खास हुदैन

समयको बर्वाद बनाएर भोलि भोलि पर्खी रहन्छौ तिमी
छङ्छङ् बगेर गयो खोली फर्केर आउला भन्ने आश हुदैन

पटक पटक घुर्की लगाउने प्रयत्न गरिरहन्छौ जिन्दगीलाई
जिन्दगी हामी खोजी रहन्छौँ जिन्दगीलाई हाम्रो अभाव हुदैन

भन्दै थियौ एकबारको जिन्दगीलाई हासेर बिताए राम्रो
आत्मा भित्र चोट नलागेसम्म बाहिर मुहार उदास हुदैन

मेरो सम्मान हुनै पर्छ मै हुँ देशको राजा भनेर फुर्ती लगाउँछौ
याद गर तिमी असल व्यक्तिमा कहिल्यै घमण्डको बास हुदैन ।

वि.सं.२०७७ साउन ३ शनिवार ०९:२८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...