
तिमी बद्लियौ भने
जरूर
म बद्लेछु प्रिय ।
हिजो सहनु पर्ने
मेरो नियती थियो
नियती नियम होइन प्रिय !
तिम्ले
माया, प्रेम र दया
गरेनौ भन्दिन ।
तिम्रै सामिप्यतामा,
रहिरहनेछु ।
बुझ,
यो मेरो रहर होइन ।
त्यसैले
टाढा भाग्न खोजेर पनि
भाग्ने कुनै द्वार छैन
त्यसैले,
तिमी बद्लियौ
भने
जरूर म बद्लनेछु ।
तिम्ले,
दिएका साथ सहयोग,
माया, प्रेम र सद्भावको
सट्टामा,
म तिमीलाई ।
मेरा अंगहरू
समर्पण गर्न सक्दिन ।
र
सक्दिन
खुलमखुल्ला,
आफ्नै
सन्तानका अगाडि
आफ्नो अस्मिता लुटाउन ।
वालिङ नगरपालिका–१४ ,गाएडाँडा, स्याङ्जा
वि.सं.२०७७ साउन ३ शनिवार ०९:३१ मा प्रकाशित






























