back
CTIZAN AD

कविताः पराय र आफन्तहरू

वि.सं.२०७७ साउन ३ शनिवार

891 

shares

जिन्दगीका यात्राहरूमा
पराय र आफन्तहरूमाझ
निकै ठुलो अनुभव रह्यो
दुःखको दल–दल ढाबमा भासिइरहँदा
आफन्तहरुले कुम ठोके
जिन्दगिका कुईनेटाहरूमा
मजदुरको जस्तो कठिन परिश्रम रह्यो
चरा खस्ने रापिलो गर्मिमा
आमाको लाडप्यार पाउने उमेरमा
फलामसँग पैंठेजोरी खेल्दा
कैयौंवर्ष डाङ्ग्रि भिजेर
बग्दैगरेका पसिनाले
जुराप निचोर्दै
खाडिको मैदानमा
पर्खाल पछाडि
कैयौंपटक ड्वाँड्वाँति रोएको छु

जिन्दगी सापट खालि कागजजस्तो भैदिंदा
आफन्तहरूले केरी दिए
बरू परायहरूले पो चित्र कोरिदिए
चौध(चौध बर्षसम्म
खाडिको उँटले जस्तै
यिनै आफन्तहरूका लागि
कष्ट सहेर फर्किदा
यी हिमालहरूमा
सेतो सुनखानी देख्दा
आफन्तहरू म माथि
चट्याङझै बर्षिए
र मुर्छा परिदिए
बरू परायहरूले
पानी छर्किदिए वदनमा
र पानीपट्टी बाँधिदिए निधारमा
मैले समुद्र देख्दा
आफन्तहरूले छिटा देखे
मैले तालमा तरङ्ग देखें
आफन्तहरूले
बाघले मृग झम्टेजस्तै झम्टिए
र भने तालमा तरङ्ग !
खै देखा !

खाडिले यसको बुद्धि
बञ्जर बनाइदिएछ
दलिन भाँचिएर टुहुरो बनेपछि
कोमल बोल्दा रूखो भयो
नरम भैदिंदा स्पात भयो
बरू परायहरूले नै
समवेदनाको ढड्डा भरिदिए
परायहरूले नै काँध बोके
उसै दिन सम्झिएँ
टुहुरो हुनु भनेको
बाघको बथानमा बाख्रो हुनु रहेछ ।

उच्च शिक्षाको मुल्यवान अवधिमै
धरत्तै च्यात्तिएको
कागज भर्न
त्यात्तिस वर्षमा
कलेज जाँदा
आफन्तहरूले अनर्थ माने
जसजसलाई जीवनको
कमाइ सुम्पिएँ
उनिहरूले नै
पढाइ होइन कमाई खोजे
बरू परायहरूले नै प्रमाणपत्र दिए
र अन्धकारकमा दीपक बनिदिए
एपेन्डिक्सको जहर फैलिएर
कोमामा जाँदा
परायहरूले नै फेसबुकका
भित्ता भरे
शिघ्र स्वास्थ लाभको कामना !

आफन्तहरू
जसलाई पुरै जिन्दगिको कमाइ ठानें
उनिहरु मेरोखातिर
कहिल्यै एकशब्द लेखेनन्
मैले देखेको अन्तदृष्टिलाई
उनिहरूले सँधै अन्धकार देखे
मैले मगजले देखें उनिहरू आँखाले
म मनले दौडिएँ उनिहरू तनले
मैले हिमालमा खानी देख्दा
उनिहरू त्यसलाई
हिउँ देखे
मैले ढुङ्गामा उर्वरता देख्दा
उनिहरू त्यसलाई बञ्जर देखे
मैले नजरमा बहुरूप देख्छु
उनिहरूले एकरूप देखे
यहि फरक भयो उनिहरू र म मा
हिमाल टेक्ने अभिलाषाले
चालेका कदमहरू
कैदिलाइजस्तो
अबरोध मात्र गरिरहे
यहींनेर
कुनै दार्शनिकजस्तै
सोंचिरहन्छु
सम्वन्ध
आफन्त नाता र साईनो भन्दा
शुभेच्छुकहरूको
निकट हुँदोरहेछ
यस्तै छ मेरो
उलटपुलटको जिन्दगी
असल मान्छे थियो
भन्न मर्नुपर्छ
यहींनेर शब्दकोष देख्नेहरू बाँचिरहे
यही दुईशब्द कमाउन
मरिरहेको छु ।

वि.सं.२०७७ साउन ३ शनिवार ०९:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...