
दिनहुँ जब घाम खस्छ
आगो भएर
मतान, नुरिट स्ट्रीटमा
किन हो एक निमेषलाई
म सम्झिन्छु
आफ्नै घर आँगनको न्यानो घाम
साथै, आफ्ना प्रिय मान्छेहरु
र टोलाउँछ मन एक छिमल
त्यतिबेला
उर्लिन्छ सुस्केरा अचानक
मनको सागरमा
घाइते सपनाहरुको मायामा
छटपटिन लागेका
आफ्नै मुटुको धडकन मत्थर पार्न
लुकाउँछु आफैदेखि आफैलाई
भिज्न थालेका दुई आँखाहरू
हत्केलाले छोपेर ।
वि.सं.२०७७ साउन ३ शनिवार ०९:३६ मा प्रकाशित






























