back
CTIZAN AD

कविताः उर्लेका सुस्केराहरू

वि.सं.२०७७ साउन ३ शनिवार

996 

shares

दिनहुँ जब घाम खस्छ
आगो भएर
मतान, नुरिट स्ट्रीटमा
किन हो एक निमेषलाई
म सम्झिन्छु
आफ्नै घर आँगनको न्यानो घाम
साथै, आफ्ना प्रिय मान्छेहरु
र टोलाउँछ मन एक छिमल
त्यतिबेला
उर्लिन्छ सुस्केरा अचानक
मनको सागरमा
घाइते सपनाहरुको मायामा
छटपटिन लागेका
आफ्नै मुटुको धडकन मत्थर पार्न
लुकाउँछु आफैदेखि आफैलाई
भिज्न थालेका दुई आँखाहरू
हत्केलाले छोपेर ।

वि.सं.२०७७ साउन ३ शनिवार ०९:३६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...