back
CTIZAN AD

नेपाली महिलाको समस्या दिनदिनै बढेको भन्दै ओमानबाट सरकारलाई ज्ञापनपत्र

वि.सं.२०७३ पुस १५ शुक्रवार

945 

shares

press-releaseओमान । ओमानमा स्थापना भएका चार बैचारिक संस्था चार बैचारिक संघसंगठनद्वारा नेपाली एम्बेसी ओमान मार्फत ज्ञापनपत्र बुझाइएको छ ।

नेपाली जनप्रगतिशिल मंच ओमानका अध्यक्ष पदम प्रसाद अर्याल, नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की र ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतद्वारा संयुक्त हस्ताक्षर गरि उक्त ज्ञापनपत्र बुझाइएको हो ।
सोे ज्ञापन पत्रमा  भनिएको छ, ‘नेपाल सरकारले वैदेशिक रोजगारको क्रममा महिलाहरुलाई घरेलु कामदारको रूपमा खाडीमा आउन प्रतिबन्ध लगाएता पनि अवैधानिक बाटो प्रयोग गरि महिलाहरु ओसारपसार गर्ने काम तीब्र रूपमा चलि नै रहेको छ । जसका कारण खाडीमा घरेलु कामदार महिलाहरुको समस्याहरु दिनप्रती दिन बढ्दो छ ।
तसर्थ, ओमानमा स्थापित चार सामाजिक संघसंगठनहरुको साझा मोर्चा संयुक्त बैचारिक सम्यन्त्रद्वारा प्रवासमा घरेलु महिला कामदारहरुको समस्या प्रती नेपाल सरकारको गम्भीरता पुर्वक ध्यानाकर्षण गराउनको लागि नेपाली राजदूतावास मार्फत यो एक बुँदे ज्ञापन(पत्र पेश गरिएको छ ।
१० घरेलु कामदारको रूपमा खाडीमा आएका महिलाहरुको हकमा नेपाल सरकारले जुनसुकै नीति नियमहरु लागू गरेतापनि महिलाहरुको समस्यामा कुनैपनि कमि आएको देखिदैन ।

पछिल्लो समयमा अवैधानिक बाटो हुदै सेटिङमार्फत महिलाहरुलाई दलालहरुले भारत, श्रीलंकाका हुँदै दुबई,कतार र कुवेत पुर्याएर मोटो कमिसनमा ओमानमा समेत बेचबिखन हुँदै आएको छ । यस्को निम्ति सरकारले कडा कदम चाल्न नसक्नाले अहिले महिलाहरुको समस्या र पीडा थप जटिल बन्दै गएको छ ।

कयौं महिलाहरु घर मालिकको अमानवीय यातनाले प्रताडित छन । कतिपय महिलाहरु रातदिन नभनी बिना तलब महिनौंसम्म नै काम गर्न बिवश छन् भने घर मालिकको निर्मम यातनाले मृत्यु भएको घटना समेत घटेको पाईन्छ ।
तसर्थ आगामी दिनमा घरेलु कामदार महिलाहरुलाई सरकारको नै संरक्षकत्वमा सरकारी निकाय मार्फत नै ब्यवस्था भएमा मात्र महिलाहरुको सुरक्षा र समस्याको न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो  ठहर छ ।

त्यसैले यस बिषयमा सरकारले कडाई पुर्वक कदम चाल्दै दलालहरुको यी गैरकानुनी क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्न र कुनै एजेन्ट, दलाल वा मेनपावर मार्फत नभई सरकार मार्फत मात्र महिलाहरुलाई उचित तलब संरक्षणमा पठाउने ब्यवस्था गर्न यसै ज्ञापन(पत्रमार्फत नेपाल सरकार समक्ष जोड्दार माग  गर्दछ ।’

वि.सं.२०७३ पुस १५ शुक्रवार ०४:४६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...