बिउँझ्यो सुर्य उषालाई लिएर
दिन बितायो किरणसंगै डुलेर
ढल्यो सुर्य फेरि सन्ध्या पाई
प्रेममा कलंक गयो लगाई
माया चन्द्रले चाँदनीको पायो
वासनामा लिप्त भइ दाग लगायो
बादल आवारा भनि आरोप लागेछ
इज्जत गुमाई रोइ रोइ बर्षेछ
प्रेमगरि मौसमले बसन्त ल्याए
मुटु चुडेपछि शिशिर छाए
आक्रोस बढी फेरि हुरी चलेछ
बिजुली बनि डाँको छोडी कडकेछ
चरा चुरुंगी नै बेस छन प्रीतको रेशमा
छाडी जांदैनन झगडा गरि आवेशमा
कुरा के गर्नु प्रेम कहानी मनुष्यको
गुरु पत्नी न छाड्ने स्वयम् ईन्द्र भो ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १६:०६ मा प्रकाशित





























