back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन २४ शनिवार

945 

shares

छोडेको साँडे बनेर,मात्र निकाश नहोला ;
नौलाख तारा गनेर, मात्र निकाश नहोला ।

निष्पक्ष ल्याऊ विकास गर्न सचेत र सक्षम ;
आफ्ना र मेरा छानेर, मात्र निकाश नहोला ।

बुझाऊ र बुझ्नु समेट्दै सारा गाउँ र सहर ;
आँखामा छारो हानेर, मात्र निकाश नहोला ।

बनेर साथी सबैको प्यारो जनले मान्नेछन् ;
आँफू नै सर्वा भनेर,मात्र निकाश नहोला ।

बाँझो छ बारी आम्दानी हुन्न जाँगर नलाए ;
थारोमा भैँसी पालेर, मात्र निकाश नहोला ।

गरेर देखाऊ सज्जन जनमा टारेर हुन्न लौ ;
बाटामा भौडी खनेर,मात्र निकाश नहोला ।

मात्रा ३+२+३+२+३+३
झ्याउरे छन्द

वि.सं.२०७७ साउन २४ शनिवार ०८:५६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...