back
CTIZAN AD

लघुकथाः मामाघर

वि.सं.२०७७ साउन २४ शनिवार

957 

shares

जगमान गाउँकै एक असल, इमान्दार र समाजसेवी मान्छे । उनको इमान्दारितामा खोट लगाउने ठाउँ नै थिएन् । गाउँमा उनको ठूलो इज्ज्त थियो । सबैलाई निस्वार्थ हुनुपर्छ र कहिल्यै पनि इमान छोड्नु हुन्न भनेर अर्ति र उपदेश दिन्थे ।

उनको एउटा छोरो थियो-अभिमान । उसलाई पनि सधैं असल र इमान्दार हुनुपर्छ भनिरहन्थे । अभिमानले १२ कक्षा पास गरेपछि लोकसेवा लड्यो र खरिदारमा नाम निकाल्यो ।

अभिमानले आफ्नो कार्य क्षेत्र जाने बेला जगमानलाई ढोग गर्दै भन्यो, ‘ल बुवा, गाडी छुट्ने बेला भैसक्यो, म जान्छु है ! अब दशैंमा आउँछु नि ।’

जगमानले पनि देश र जनताको सेवा गर्न जान लागेको छोरोलाई खुशी हुँदै आशिर्वाद दिए, ‘निस्वार्थ भावले देश र जनताको सेवा गर्नु, घुस नखानु, भ्रष्टाचार नगर्नु र इमान्दार हुनु है बाबू ! यता हाम्रो चिन्ता नलिनु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु ।’

‘हवस बुवा !’ भन्दै अभिमान आफ्नो बाटो लाग्यो । ऊ निकै चतुर थियो । मन्त्रीहरूको चाकडी गरेर कहिले भन्सार र कहिले मालपोतमा सरुवा भयो ।

खरिदारको जागीर खाएको ५ वर्ष नपुग्दै राजधानीमा ठूलो घर किन्यो । ऊ आफै गाडी लिएर गाउँ गयो । छोरोको तामझाम देखेर जगमान जिल्ल परे ।

अभिमानले जगमानलाई भन्यो, ‘बुवा ! मैले राजधानीमा ठूलो घर किने । यो गाडी पनि आफ्नै हो । म हजुरहरूलाई लिन आएको हुँ । अब हामी राजधानी बसाइँ सर्नुपर्छ ।’

अभिमानले सोंचेको थियो, बुवा पक्कै खुशी हुनुहुन्छ तर उल्टो भयो ।

जगमानले निरास हुँदै भने, ‘मेरो यो सानो एक पाउको मुटु पनि तेरो त्यो ठूलो महलमा अटाउँदैन् । तेरो त्यो गाडीलाई छोए मात्र पनि पाप लाग्छ । भो हामी जान्नौं, यहीँ ठीक छ ।’

अचम्मित हुँदै अभिमानले बुवालाई ट्वाल परेर हेरिरह्यो ।

जगमान झन आक्रोशित हुँदै बोले, ‘तैले इमान बेचिस् । देश र जनता प्रति घात गरिस् । तेरो यो अपराध अक्षम्य छ । अब तँ त्यो घरमा हैन, मामाघर जानुपर्छ, बुझिस् ?’

वि.सं.२०७७ साउन २४ शनिवार ०८:५९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...