
दुःख सुख सहने दुबै त होनी
हो मेरो भनेकै तिमीनै त होनी
सारा मेहनत जीवन भरिको
दुबैले गरेको मिलेरै त होनी
जाँदा लिएर गएको पो कोछर
जति कमाएनि पिरलै त होनी
सुख दःुख कमायो रमायो बस
आखिरमा सबैको उस्तै त होनी
यहि हो फरक शैली मानवको
अन्तिममा जाने त घाटै त होनी
वि.सं.२०७७ साउन २४ शनिवार ०९:२४ मा प्रकाशित






























