back
CTIZAN AD

शुसान्तसँग झगडा भएपछि १६ पटक महेश भट्टलाई किन फोन गरिन् रियाले ?

वि.सं.२०७७ साउन २८ बुधवार

648 

shares

२८ साउन, काठमाण्डौं । वलिवुड अभिनेता शुसान्त सिंहको आत्महत्याको घटनामा नयाँ नयाँ कुरा खुलासा हुँदै गएका छन् ।

शुसान्तले आत्महत्या गर्नुभन्दा ६ दिन अगाडि सुशान्त र रियाले झगडा गरेका थिए । सोहि झगडापछि रियाले ६ दिनमा १६ पटक फिल्म निर्माता भट्ट र रियाको फोनमा कुरा भएको खुलासा भएको छ ।

भारतीय संचार माध्यमका अनुसार रियाले आफ्नै नम्बरबाट ६ दिनको बिचमा भट्टलाई १६ पटक फोन गरेकी थिइन् । तर, उनीहरुबीच के कुरा भयो भन्ने अनुसन्धान भइरहेको बताइएको छ । ८ जुनको दिन झगडा भएपछि रियाले शुसान्तको घर छोडेर गएको बताइएको छ । त्यसको ६ दिनपछि सुशान्तले आत्महत्या गरेका थिए ।

रियाले ८ जुनमा शुसान्तको घर छोडेर गएपछि रिया र शुसान्तबीच कुनैपनि फोन कल नभएको पनि खुलेको छ । साथै आत्महत्या गर्ने दिनसम्म पनि उनीहरुबीच फोन वा म्यासेज आदान प्रदान नभएको पनि शुसान्तको फोन कल डिटेलको अनुसन्धानका क्रममा देखिएको छ । उक्त समयमा शुसान्तले २ पटक मात्रै बाहिर कल गरेका थिए । त्यो फोन उनले आफ्ना बहिनीलाई गरेको बताइएको छ । साथै उक्त समयमा शुसान्तको फोनमा बाहिरबाट ९ वटा फोन कल आएको पाइएको छ ।

त्यस्तै शुसान्त आत्महत्या गरेको अवस्थामा फेला परेपछि पनि रिया उनको घरमा नगएको बताइएको छ । उनले शुसान्तले आत्महत्या गरेको खबर पाएपनि त्यहाँ नगएको, शुसान्तका परिवारलाई पनि फोन नगरेको र शुसान्तका घरेलु स्टाफहरुसँग पनि शुसान्तका बारेमा कुनैपनि कुरा नगरको पाइएको छ । तर, उनी अर्कोदिन शुसान्तको शब पोस्टमार्टम भएको अस्पतालमा भने पुगेको बताइएको छ ।

त्यसैगरी रियाको कल डिटेलले पनि सबैलाई अचम्म बनाएको छ । उनले शुसान्तलाई भन्दा पनि शुसान्तको मेनेजरलाई धेरै फोन गरेको पाईएको छ । शुसान्तका हाउस मेनेजर सैमुअल मिरांडालाई उनले २५९ पटक फोन गरेकी छन् भने २८ पटक सैमुअलले उनलाई फोन गरेका छन् । उनीहरुबीच झण्डै २८९ (म्यासेज समेत गरी) पटक फोन वार्ता भएको छ । हालसम्म उक्त फोनमा के कुरा भयो भन्ने अनुसन्धानमै रहेको छ । साथै शुसान्तकी पूर्व मेनेजर श्रुति मोदीसँग पनि रियाले ८०८ पटक फोनमा कुरा गरेको पाईएको छ ।

त्यस्तै एकवर्षको अवधिमा रियाले सुशान्तसँग जम्मा १४७ पटक मात्र फोनमा कुरा गरेकी छन् । यो सुशान्तका स्टाफलाई गरेको भन्दा धेरै कम हो । जसमा ९४ पटक रियाले र ५१ पटक शुसान्तले रियालाई फोन गरेका कल डिटेलले बताएको छ ।

वलिवुड अभिनेता शुसान्तको आत्महत्याबारे बैंक स्टेटमेन्टले गर्यो यस्तो खुलासा

वि.सं.२०७७ साउन २८ बुधवार १४:१५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...