back
CTIZAN AD

मुक्तक

वि.सं.२०७७ साउन ३१ शनिवार

999 

shares


गाँसिएछ नाता नचाहँदै थाहा भएन
नजर घुमायरै हिँड्दा नि डाहा भएन
कहिले यता त, कहिले उता रमाउने
देख्दैछु कसैसँग सम्बन्ध आहा ! भएन ।।

साहित्यलाई माया सबै मिलि गर्नुपर्छ
शब्दशब्द मिलाएर ज्ञानभण्डार भर्नुपर्छ
जाने त सबै खाली हात नै हो श्मसानमा
हरपल असलका संगतमा परेर मर्नुपर्छ ।।

अमृत भन्दै दियौ बिष सहेरै पनि पिएकै छु
खुशी होऊ सँधै भनि दुःख जति लिएकै छु
अमूकको जीवन भाकी बलि पूजा गर्दैछौ
बोली सुन्ने नहुँदा आफैले मुख सिएकै छु ।।

राम्रै गर्छु भन्दाभन्दै मन हुन्छ कता दुखेको
फाल्न खोजौँ तुष भित्र भित्र हुन्छ लुकेको
चाहा धेरै भएरै होला लाग्छ सधैँ हृदयमा
बस्नेले आफुलाई भित्रैबाट हुन्छ बुझेको ।।

तिम्रा खुशीका खातिर बिर्सिएँ रहर प्रिय
आफ्नै हातैले पिलायौ किन ? जहर प्रिय
थियो सुन्दर संसार, अनगिन्ती थिए याद
पलपलमै घुटन लाग्छ तिम्रो यो शहर प्रिय

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:१८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...