
१.
चल्यो बाडी-पहिरो
झन् बडा बन्यो बहिरो
कुरा बुझे झनै गहिरो ।
२
बलै नक्सा निकाल्यो
यै नाक चुच्चे पारेर
छोडिदिए झारा टाटेर ।
३.
जस्तो मुना–मदन
झन् घन्काएर भजन
थाहा नदी चल्यो सदन ।
४.
नेपालको ढुकुटी
भएछ सात सुकुटी
खाँदै जादा सके नलुटी ।
५.
आएको छ कोरोना
महामारी छ दकस
छ भ्रष्टाचारी सकस ।
६.
यहि मौका छोपेर
छ ओखतीमा घोटाला
गर्ने गर्छन् नेता खेताला ।
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:२२ मा प्रकाशित






























