back
CTIZAN AD

कविताः भाग्नेछ रे कोभिड !

वि.सं.२०७७ साउन ३१ शनिवार

741 

shares

कोरोना किन गर्छ ताण्डव यहाँँ भो जिन्दगीको क्षति
बन्ला भन्छु अझै बनेन किन हो यो रोगको ओखती ।
मर्ने किन्तु मर्यो  मरिन्न डरले बाँच्नेहरू हो लड
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।

धर्लान् मास्क सदा बुझेर जनले छोपेर बस्लान् मुख
दूरी राख्न कवै सुझाउँन परोस् पर्लान् न क्वै सम्मुख ।
हट्ने कायर बन्छ आत्मबलले बढ्नेहरू हो बढ
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।

डेरा माग्छ तथापि भाइरसले बस्ला लुकी हातमा
धोऊँन् हात दुबै मिची स्वजनले पानी रहोस् साथमा ।
माथा चुम्न सकौँ सहास बटुली हे वीर हो लौ चढ
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।

ए बिज्ञान नबस् निरीहपनमा लेख्छस् कहानी किन
जोगी बन्नु परोस् तथापि अहिल्यै घस्छस् खरानी किन ।
के हो खास यथार्थ वास्तविकता भेटिन्छ खोजी पढ
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।

सारा विश्व छ ठप्प यो सफरमा चल्दैन हावासरि
उड्छन् प्राणपखेरु यो अवनिमा सकिन्नझैँ क्यै गरी ।
खोजौँ तथ्य कुरा मिली सबजना लाग्नेछ पत्ता जड
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।

छन्दः शार्दूइविक्रीडित

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:३६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...