back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन ३१ शनिवार

918 

shares

अमर,न तपाई रहनुहुन्छ न म रहन्छु ।
नभन्नुहोस् अगाडी एक कदम रहन्छु ।

काँडा हो बिझाउँछ,फूल हो भनिदिनु,
नत्र अनायासै शङ्काले जखम रहन्छु ।

तिमी पानी भईदिनु, म आगो भएँ भने,
गरम तिमी नभए म त्यसै नरम रहन्छु ।

आत्मबल, विश्वासको साथ लेउ र देउ,
न तिमी कम रहन्छौं न म कम रहन्छु ।

स्यालको बथानलाई लखेट्नु छ पहिला,
अनि बल्ल देश बनाउन सक्षम रहन्छु ।

ईटहरी, सुनसरी हाल युएई

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:४३ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...