back
CTIZAN AD

पर्वको नाममा सिनो कति बोकिरहने ?

वि.सं.२०७७ भदौ ७ आइतवार

981 

shares

हिन्दु धर्म अनुसार ऋषि पञ्चमी रजस्वला हुँदा महिला प्रथम दिनमा चान्डाल्नी, दोस्रो दिनमा ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी र चौथो दिनमा स्नान गरेपछि शुद्घ हुने किंवदन्ती जोडिएको छ । महिलाले महिनावारी भएका वेला जानी–नजानी गरिएका छुवाछुत र त्रुटिबाट मुक्तिका लागि गरिने पञ्चमी पूजा सिंगो महिला अस्तित्व र सिर्जनशीलता माथिको उपहास हो ।

एकथरीको तर्क सुनिन्छ, तिज एउटा पर्व हो यसलाई मनाउँदा के फरक पर्छ ? फरक पर्छ, किनकि तिजलाई धार्मिक मान्यतासँग जोडेर धर्मका ठेकेदारले महिनावारीलाई अपवित्र करारनामा गर्छन् ।

जब महिनावारीका नाउँमा वर्ष दिनमा झन्डै दर्जन महिला छाउगोठमा सर्पले टोकेर, बलात्कृत भएर र निसास्सिएर मृत्युवरण गर्न पुग्छन् भने यसबारे छलफल हुनुपर्दैन ? महिलाको महिनावारीको प्राकृतिक र सामान्य प्रक्रियालाई डर, लाज र पापसँग जोडेर रहस्यमय बनाएका कारण लाखौँ महिला पाठेघरको क्यान्सरबाट पीडित हुन पुग्छन् । महिनावारीलाई महिलाको प्रजनन स्वास्थ्य र गरिमासँग जोडिएको विषय बनाउन आजसम्म यही धार्मिक मूल्य र मान्यताले प्रतिबन्ध लगाएको छ ।

वर्तमान विश्वमा महिलाका अनगिन्ती पीडा छन् । नेपाली समाजमा सामन्तवादसहितको दलाल पुँजीवादको उत्पीडनमा रहेका महिलाको मूल्य वस्तुभन्दा फरक छैन । चरम आर्थिक, सामाजिक र सांस्कृतिक उत्पीडनमा रहेका महिला खुसी हुन पाउनुपर्छ ।

तर, खुसी हुन महिलाले आफ्नै अपमान र उत्पीडनको प्रतीक स्वरूपका पर्वका नाममा परम्पराको सिनो बोकिरहनुपर्छ ? कि महिलाको अस्तित्वको गरिमालाई कायम राख्ने संस्कृतिको भाष्य निर्माण गर्दै जाने हो  ? अब तपाईं हामी जस्ता सचेत महिलाहरूले सोच्नु पर्ने देखिन्छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार ०८:४५ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...