back
CTIZAN AD

वलिवुड नायक सुशान्तको आत्महत्या प्रकरणः बयानका क्रममा यस्तो खुलासा गरे हाउस किपरले

वि.सं.२०७७ भदौ ७ आइतवार

780 

shares

वलिवुड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको दुई महिना बढी बितिसकेको छ । तर, अहिलेसम्म उनले आफै आत्महत्या गरेकी अन्य कुनै कारणबाट उनको मृत्यु भयो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छ ।

यतिबेला सुशान्तको केस सिबिआईको हातमा छ । सिबिआईले उनको आत्महत्याका बारेमा उनीसँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ । यतिबेलमा सुशान्तका हाउस किपरले प्रहरीसँगको बयानमा सुशान्तले आत्महत्या गर्नुभन्दा ६ दिन अगाडि (८ जुन) का दिन सुशान्तकी प्रेमिका रिया चक्रवर्ति रातको खाना छोडेर रिसाउँदै आफ्नो भाइसँग व्याग बोकेर बाहिर निस्कीएको बयान दिएका छन् ।

त्यतिबेला निरजले सबैका लागि खाना बनाएका थिए । उनी सुशान्त, रिया र अन्यका लागि खाना सर्व गर्न लागेका मात्र के थिए अचानक रिया चिच्याउँदै उनको व्याग प्याक गर्न भनेकी थिइन् ।

‘रिया मेम धेरै रिसाउनु भएको थियो । उहाँले भन्नु भयो दराजमा रहेका सबै कपडा निकालेर प्याक गरिदेउ । पछि मेम खाना नखाई भाइ सोविक चक्रवर्तिसँग बाहिर जानु भयो । त्यतिबेला सुशान्त सर कोठामा बसिरहनु भएको थियो । रिया मेम बाहिर निस्कीएपछि सुशान्त सरको बहिनी मितू सिंह घर आउनु भएको थियो ।’

लकडाउन सुरु भएपछि रिया सुसान्तको माउन्ट ब्लक (जुन सुशान्तको फ्लाट थियो) त्यहाँ सरेकी थिइन् । सुशान्त र रिया संगै रहेको र रिया कहिलेकाँही आफ्ना अभिभावक भेट्न जाने र फेरि फर्कने गरेको पनि निरजले प्रहरीसँग बताएका छन् ।

लकडाउनका बेला बिहान उठ्नासाथ रिया र सुशान्तले ब्लाक कफी पिउने गरेको त्यसपछि आफ्नो काममा लाग्ने गरेको पनि निरजले बताएका छन् । खाना खाएपछि कहिलेकाँही उनीहरु योगा र म्युजिक इक्विपमेन्ट राख्न लगाउने गर्थे ।

सोहि दिन रियाले सुशान्तकी बहिनी मितुलाई आफूहरुको झगडा भएको बताए पनि मितु आउँदा रियाले घर छोडेर गएको मितुले प्रहरीलाई बताएकी छन् ।

सुुशान्तको घर छोड्नासाथ रियाले महेश भट्टलाई म्यासेज लेखेकी थिइन्
सुशान्तको घरबाट रिसाएर बाहिर निस्किएकी रियाले फिल्म निर्देशक महेश भट्टलाई ह्वाटसएप मार्फत् आफू सुशान्तको घरबाट बाहिर निस्किएको म्यासेज गरेको पनि प्रहरीले फेला पारेको छ ।

महेश भट्टको निर्देशनमा बन्न् लागेको फिल्म ‘जलेबी’ मा आयशाको भूमिकामा खेल्न थालेकी उनले आफू अगाडि बढेको लेखेकी थिइन् । जवाफमा महेश भट्टले पछाडि फर्किएर नर्हेन सुझाव दिएका थिए ।ऐजेन्सीको सहयोगमा

कहाँ बेपत्ता भइन् शुसान्तकी प्रेमिका ? प्रहरी भन्छ-तपाई सत्य हो भने अगाडि आएर साथ दिनुहोस्

वि.सं.२०७७ भदौ ७ आइतवार १४:५४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...