back
CTIZAN AD

कविताः अलमलमा परेका यात्रुहरु

वि.सं.२०७७ भदौ १३ शनिवार

915 

shares

रातको चिसो कहरमा
उ परको डाँडामा
हिड्दै गरेका यात्रुहरु
बाटो विराए झै
अलमल परेझै
कोलाहल आवाज आएझै
त्यसको प्रतिछाँया देखियो मेरा आंखा वरिपरि
त्यसको प्रतिध्वनि आइपुग्यो मेरा कान भरि
म रातको समयमा झसङ्ग भए
किन ती यात्रुहरु अल्मलिएका होलान ?
के समस्या पर्याे होला उनीहरुलाई ?
मैले धेरै गमे
सोचे, विचार गरे
अहं उत्तर फेला पर्दैन
फेरि सोंचे
कतै उत्तर फेला पर्दैन
माथि घरको छतमा गएर हेरे वरिपरि
अहं उत्तर फेला परेन
छतबाट तल भर्याङ्गमा ओर्लिदै गर्दा
मैले गमे
ती यात्रुमध्ये अगुवाले वाटो पुरानो रोजेछ
र त ति यात्रुहरू अल्मलिएका रहे छन
त्यहाँ त नयाँ वाटो बनी सकेको थियोे
तर अगुवालाई थाहा नै भएन
किनकि उ पुरानै वाटो हिड्न वानी परेको थियोे
त्यसैले अगुवाले थाहा पाएन
अनि यात्रुहरुले दुखः पाएछन ।
अब के गर्ने होला यो रातमा ?
अब भोली विहान उज्यालो हुने बित्तिकै
उठेर भनी दिनु पर्दछ ती पल्लो गाउँका मानिसलाई
न्याय,विकास र समृद्धिका लागि हिँडेका
ति अल्मलिएका यात्रुलाई
गन्तव्यमा पुग्ने नयाँ वाटो देखाइ दिनु भनेर
ति अलमलमा परेका यात्रुलाई
गन्तव्यमा पुग्ने नयाँ वाटो देखाइ दिनु भनेर

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:३६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...