back
CTIZAN AD

लघुकथाः टाढा नजिक

वि.सं.२०७७ भदौ १३ शनिवार

750 

shares

एकाबिहानै मर्निङ वाकमा म्हेपीतिर पुगे । म्हेपीमा पुगेपछि फुटपाथमा तरकारी बेच्न बसेको व्यापारीसँग ‘एककिलो काउलीको कति पर्छ ?’ भने ।
व्यापारीले ‘एककिलो काउलीको एकसय चालिस रुपैया’ भन्यो ।

दुईटा राम्रा राम्रा काउली छानेर व्यापारीलाई जोख्न दिए । व्यापारीले जोख्दा दुईटा काउली डेढ के.जी. को भएछ । व्यापारीले ‘तपाईको डेढ के.जी. काउलीको दुईसय दश रुपैँया भयो’ भन्यो ।

दुईसय दश रुपैँया व्यापारीलाई दिएर काउली बोकेर घरतिर फर्के । घर पुग्न लाग्दा तरकारी बेच्ने पसलमा बोरामा आलु देखेर किन्न पसे । आलु छान्दै गर्दा काउली पनि देखेर ‘काउली किलोको कति’ भने । ‘सरलाई काउली किलोको एकसय बिस रुपैँया’ उसले भन्यो ।

‘म्हेपीदेखि काउली एकसय चालिस रुपैँयामा किनेर ल्याउदा किलोमा बिस रुपैँया मलाई नोक्शान प¥यो नि घर नजिक एकसय बिस रुपैँयामा काउली किन्न पाउदा घरदेखि टाढा म्हेपीदेखि एकसय चालिस रुपैँयामा डेढ के.जी. काउली किनेर ल्याउदा मलाई तिस रुपैँया नोक्शान प¥यो’ मैले भने ।

अर्को ग्राहकले ‘घरनजिकको देवतालाई हेला गर्नु हुंदैन भन्ने उखान नै छ नि घर नजिक किन्न पाउँदा तपाईले घरदेखि टाढाबाट बढी मूल्यमा किनेर ल्याउनु भयो नि’ भन्यो । घर नजिकको देवतालाई हेला गर्नु हुदो रहेनछ नि मैले भन्न पुगे ।

सामाखुशी मार्ग, सरकारी धारा, काठमाडौं

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:५० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...