
एकाबिहानै मर्निङ वाकमा म्हेपीतिर पुगे । म्हेपीमा पुगेपछि फुटपाथमा तरकारी बेच्न बसेको व्यापारीसँग ‘एककिलो काउलीको कति पर्छ ?’ भने ।
व्यापारीले ‘एककिलो काउलीको एकसय चालिस रुपैया’ भन्यो ।
दुईटा राम्रा राम्रा काउली छानेर व्यापारीलाई जोख्न दिए । व्यापारीले जोख्दा दुईटा काउली डेढ के.जी. को भएछ । व्यापारीले ‘तपाईको डेढ के.जी. काउलीको दुईसय दश रुपैँया भयो’ भन्यो ।
दुईसय दश रुपैँया व्यापारीलाई दिएर काउली बोकेर घरतिर फर्के । घर पुग्न लाग्दा तरकारी बेच्ने पसलमा बोरामा आलु देखेर किन्न पसे । आलु छान्दै गर्दा काउली पनि देखेर ‘काउली किलोको कति’ भने । ‘सरलाई काउली किलोको एकसय बिस रुपैँया’ उसले भन्यो ।
‘म्हेपीदेखि काउली एकसय चालिस रुपैँयामा किनेर ल्याउदा किलोमा बिस रुपैँया मलाई नोक्शान प¥यो नि घर नजिक एकसय बिस रुपैँयामा काउली किन्न पाउदा घरदेखि टाढा म्हेपीदेखि एकसय चालिस रुपैँयामा डेढ के.जी. काउली किनेर ल्याउदा मलाई तिस रुपैँया नोक्शान प¥यो’ मैले भने ।
अर्को ग्राहकले ‘घरनजिकको देवतालाई हेला गर्नु हुंदैन भन्ने उखान नै छ नि घर नजिक किन्न पाउँदा तपाईले घरदेखि टाढाबाट बढी मूल्यमा किनेर ल्याउनु भयो नि’ भन्यो । घर नजिकको देवतालाई हेला गर्नु हुदो रहेनछ नि मैले भन्न पुगे ।
सामाखुशी मार्ग, सरकारी धारा, काठमाडौं
वि.सं.२०७७ भदौ १३ शनिवार ०७:५० मा प्रकाशित

























