back
CTIZAN AD

कविताः पवित्र चिन्तन

वि.सं.२०७७ भदौ १३ शनिवार

948 

shares

अनेक रागमा बगून् सदैव काव्यका मसी
वसन्त मुस्किए जसै कलात्म भावमा बसी
निबद्ध नित्य साधना लिएर स्वच्छ चाहना
हरेक शब्द शब्दमा गरूँ म काव्य अर्चना ।।

निमेषमै हटून सबै विभेद तुच्छ तर्कना
प्रवाह बग्नमै मिठो म गर्छु प्रेम वन्दना
प्रसन्न भै उषासँगै म उठ्न चाह गर्दछु
सुशान्त शैल काखमा असङ्ख्य प्रीत भर्दछु ।।

सुगन्ध हुन्छु बागका म पुष्पभित्र घुल्दछु
म रङ्ग बन्छु फूलका र पत्रपत्र चुम्दछु
म गर्छु साधना सधैं पवित्र चेत भर्नमा
सुभाव काव्यमा सधैं प्रयत्न गर्छु छर्नमा ।।

निरुद्ध कार्य पूर्णता म गर्छु युद्ध शब्दले
प्रवाह बन्छु देशको स्वकाव्यकै निनादले
अथाह भक्ति शक्तिको निसर्तकै म सर्तमा
म झुक्छु राष्ट्रभक्त भै रहन्न स्वार्थ-गर्तमा ।।

म सृष्टि भै स्वयं रचूँ बलिष्ठ देशरक्षक
म प्राणमा स्वयं बसूँ विषाक्त चुस्न उत्सुक
पवित्र देवकुञ्ज यो गरून् विशुद्ध चिन्तन
र बुद्ध जन्मियून् यहाँ बनोस् धरा तपोवन ।।

छन्द: पञ्चचामर

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:३७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...