back
CTIZAN AD

अफगान शान्ति वार्ताका लागि तालिबान टोली दोहामा

वि.सं.२०७७ भदौ २२ सोमवार

807 

shares

भदौँ २२ । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ ।

नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति पहिल्याउन वार्ता केन्द्रित हुनेछ ।

गत फेब्रुअरीमा तालिबान र संयुक्तराज्य अमेरिकाबीच दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ता शुरु हुन लागेको हो । तर सम्झौतामा तोकिएको मितिभन्दा ढिलो गरी दुबै पक्षबीच वार्ता हुन लागेको हो ।

शनिबार अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका प्रवक्ता फराइदून ख्वाजूनले ट्वीट गर्दै अफगान सरकार तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।

शनिबार नै राति ट्वीट गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानको वार्ता टोलीमा फेरबदल गरिएको बताउनुभएको छ । तालिबानका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको प्रवक्ताले बताउनुभएको छ ।

यसअघि तालिबानका वार्ता टोली प्रमुखमा शेर मोहम्मद अब्बास स्टानिकजाई हुनुहुन्थ्यो । अब शेर मोहम्मद वार्ता टोलीको उपप्रमुख रहनु हुनेछ । यो फेरबदल सहित तालिबान वार्ता टोलीका सदस्यको संख्या २१ पुगेको छ ।

गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नै नगर्ने अडान राख्दै आएको थियो । अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षीहरु समेत रहेको टोली बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार नै एक वक्तव्य प्रकाशन गरी अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि वार्ताको प्रगतिका बारेमा दुबै पक्षलाई मनाउन कतार पुग्नु भएको जनाएको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०८:०७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...