back
CTIZAN AD

एनआरएनएद्वारा बाग्लुङका बाढिपहिरो पिडितका लागि ५ लाख सहयोग, गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मास्क हस्तान्तरण

वि.सं.२०७७ भदौ २६ शुक्रवार

747 

shares

२६ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा केही दिन अघि गएको भिषण बाढिपहिरोका पीडितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ लाख रूपैयाँ सहयोग दिने भएको छ ।

विश्वभर छरिएका बागलुङेहरुको बिहीबार साँझ आयोजना गरेको भर्चुअल अन्तर्कियामा संघका महासचिव डा. हेम राज शर्माले उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।

महासचिव शर्माले पीडितहरूको सहयोगका लागि सिड मनीको रुपमा ५ लाख रुपैयाँको सहयोग घोषणा गर्दै संघका राष्ट्रिय समिति (एनसीसी) मार्फत अन्य सहयोगको लागि आग्रह गरेका छन् ।

अन्तर्कियामा सहभागी राष्ट्रिय सभामा सत्तापक्ष दलका नेता दीनानाथ शर्माले ढोरपाटनको पहिरो र त्यसपछि भुजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सहयोगका लागि अपिल गरे । नेता शर्माले हालसम्म वेपत्ता भएकाहरूको खोजिकार्य तिब्र बनाउन र उद्दार एव कुनै कमि नगर्न सरकारसँग आग्रह गरे ।

हालैमात्र बाढी पहिरो स्थलको स्थलगत अवलोकन गरेका त्यसै क्षेत्र (बागलुङ क्षेत्र नं २) का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपत्तिले ठूलो मानवीय र भौतिक क्षति भएको बताए । सांसद पौडेलले पीडितलाई तत्काल राहतका साथ पुनस्र्थापना गर्ने प्रतिवद्धता जनाए ।
नेपाली काँग्रसका युवा नेता किरण पौडेलले घटना लगत्तै आफुहरू उद्दार र राहतमा जुटेको बताए ।

बेलायत, स्पेन, बेल्जियम, प्रोतुगल, जापान, क्यानाडा, मलेसिया, युएई, कतार, लगायत १५ देशमा रहेका करिब ४ दर्जन जना जति सहभागि अन्तर्कियामा सहभागिहरूले विपत्तिमा परेका जिल्लावासी जनतालाई सहयोग गर्न आतुर रहेको बताएका थिए । अन्तरक्रियामा बोल्ने वक्ताहरुले विदेशमा जम्मा भएको आर्थिक सहयोग एकद्धार प्रणाली मार्फत प्रभावित स्थानमाको शिक्षा र स्वास्थ्य खर्च गर्न सुझाव दिएका थिए ।
मुख्यमन्त्रीलाई मास्क हस्तान्तरण
यसैबीच एनआरएनएले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई १६,००० थान मास्क हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक श्रीमति अमृता थापा (कन्चन), पुर्व सल्लाहकार डम्बर घले तथा युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङको उपस्थिति रहेको थियो ।

उक्त मास्क एनआरएनए मकाउको तर्फबाट प्राप्त भएको एनआरएनए कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १३:०१ मा प्रकाशित

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...