
१
बिकटमा छ पीडा
रोग भन्दा बढी भोक
खै पुगेको राज्यको ध्यान ?
२
निभ्यो एउटा ज्योती
थिए साहित्यको मोती
साहित्यमा जलाए ज्योती ।
३
आजका कोपिला हुन्
भोलिका हुन् कर्णधार
दिउ है सुन्दर संस्कार ।
४
बन पाखा पखेरा
झरना हाल्छ सुस्केरा
मयुर नाच्छ रमाउदै ।
५
रातको त्यो प्रहर
प्रकृतिको त्यो कहर
सब बनायो खण्डहर ।
वि.सं.२०७७ भदौ २७ शनिवार ०९:३० मा प्रकाशित






























