back
CTIZAN AD

भारतका गृहमन्त्री शाह पुनः अस्पताल भर्ना

वि.सं.२०७७ भदौ २८ आइतवार

738 

shares

२८ भदौ, काठमाडौँ । कोभिड १९ लाई जितेर घर फर्किएका भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् ।

१५ दिन अघि घर फर्किएका शाहलाई फेरि श्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार राती नै नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमणमुक्त भए पनि गृहमन्त्री शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एम्समै भर्ना गरेर उपचार सुरु गरिएको समाचारमा जनाइएको छ । शाहलाई एम्सको कार्डियो न्यूरो टावरमा भर्ना गरिएको छ ।

चिकित्सकहरुले शाहलाई केही समय अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन् । चिकित्सकहरुको निगरानीमै उनको उपचार चल्नेछ ।

गृहमन्त्री शाह अगस्ट महिनामा कोरोना संक्रमित भएका थिए । मेदान्ता अस्पतालमा उपचारपछि दुई सातामा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

वि.सं.२०७७ भदौ २८ आइतवार ०९:१२ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...