२८ भदौ, कास्कीैं । गण्डकी प्रदेशमा आज विहान थप ३६ जना कोरोना संक्रमित भेटिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग केन्द्र पोखरा, चितवन मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा कास्कीका ६, लमजुङका १७, स्याङजाका ४, तनहुँका १ र नवलपरासी पुर्वमा ८ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा १० महिला र २६ जना पुरुष रहेका छन् ।
संक्रमण पुष्टि भएकामा नेपाल आर्मी सुन्दरबजार ९ लमजुङमा कार्यरत १६ जना रहेका छन् ।


वि.सं.२०७७ भदौ २८ आइतवार ०९:२६ मा प्रकाशित






























