back
CTIZAN AD

पावर लिफ्टिंगमा रुप कार्कीलाई एक स्वर्ण, एकै दिन दुई पदक

वि.सं.२०७७ भदौ २८ आइतवार

873 

shares

विजय थापा, डिसी । अमेरिकाको डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका आफ्नो वजनका अन्तर्राष्ट्रिय बिजेता  रुप कार्कीलाई पावर लिफ्टिंग (शक्तित्तोलन प्रतियोगिता)मा एक स्वर्ण र एक रजत पदक प्राप्त भएको छ ।

अमेरिकाको भर्जिनिया राज्य कै चर्चित शहर मनासस नजिक हे मार्केट शहरमा आयोजना भएको प्रतियोगितामा उनले एकैदिन दुईवटा पदक प्राप्त गरेका हुन् ।

सेप्टेम्बर १२,२०२० शनिबारका दिन सम्पन्न युएसएपीएल शक्तित्तोलन मास्टर २ प्रतियोगिता अर्थात आफ्नो वजन १०५ केजी र उमेर समूहमा प्रथम र १०५ केजी कै खुला प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएका छन ।

१०५ केजी कै खुला प्रतियोगितामा करिव ६० जना सहभागी मध्ये उनि द्वितीय भएका हुन् । खेलाडी कार्कीले कूल कुल ६ सय ४० किलो उठाएका थिए । कोरोना भाइरसको महामारीमा पनि नियमित अभ्यास गर्दै आएका कार्कीले पुन दुई वटा पदक पाएकोमा खुसि व्यक्त गरेका छन ।

उक्त खेल प्रतियोगितामा खेलाडीहरु सबैले सामाजिक दूरी र मास्क(मुखावरण)सबैले लगाएका थिए ।

संयोगवस कार्कीको बुवाको श्राद्ध तिथी पनि प्रतियोगिता कै दिन जुधेको र एक छाकी(फास्टिंग ) मा बसेका अन्तर्राष्ट्रिय खेलाडी कार्कीले अन्तत्वगत्वा दुई वटा पुरस्कार प्राप्त गर्दै नेपाल र नेपालीको नाम राख्न सफल भएका छन ।

शक्तित्तोलक कार्कीले २०७६ सालमा आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो वजन समूह मास्टर २ मा स्वर्ण पदक जितेका थिए ।

कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको आफ्नो वजन र उमेर समूहमा स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने सम्भवत उनी पहिलो नेपाली खेलाडी हुन् ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै शक्तित्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । उनले थुप्रै पदक प्राप्त गरि सकेका छन् ।

वि.सं.२०७७ भदौ २८ आइतवार ०९:३८ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...