back
CTIZAN AD

चर्चित हास्य टेलीचलचित्र हाक्का हाक्कीले ७५ औ भाग सफताको साथ मनायो

वि.सं.२०७३ पुस २० बुधवार

1.1K 

shares

13516525_1059477310767226_8595886927438999184_n-1

काठमाडौँ । चर्चित हास्य कलाकार दमन रुपाखेती निर्देशित नेपाल टेलिभिजन बाट हरेक आइतबार साझ ८ः५० बजे प्रसारण हुने चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्की अब पक्का पक्कीले आफ्नो ७५ औ भाग भब्यताको साथ मनाएको छ ।
विभिन्न समस्याको बाबजुद पनि चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीले आफ्नो ७५ औ भाग सगौरव सम्पन्न गरेकोमा निर्माता राम थापा खुसि ब्यक्त गर्छन।
विभिन्न समस्या भुकम्प, नाकाबन्दी, मीडियाहबको समस्याहरु बाबजुद पनि हाक्का हाक्की अब पक्का पक्कीले देश काल परिस्थितिलाइ समेटेर लगातार रुपमा आफ्ना श्रृखला नरोकीकन प्रसारण गरेकोमा हाक्का हाक्की अब पक्का पक्की टेलिसिरियलको छुट्टै पहिचान भएको भन्दै मुक्त कन्ठले सम्पुर्ण शुभचिन्तक तथा दर्शक हरुले प्रसंशा गरेका छन ।
दमन रुपाखेती द्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्का हाक्की अब पक्का पक्कीले सम समाहिक बिषय बस्तु लाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ । छोटो समयमानै दर्शकको मन मुटुमा बस्न सफल हास्य टेली चलचित्र हाक्की हाक्कीले ७५ औ भाग सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरु लाइ नया नया स्वाद दिन पनि सफल भएको छ ।
डीएल फिल्म्स द्वारा प्रस्तुत नेपाल टेलिभिजन बाट प्रसारित हास्य ब्यङ्ग टेलि सिरियल हाक्का हाक्की अब पक्का पक्कीमा नेपालका चर्चित कलाकारहरु को समाबेसी रहेका छ जसमा दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, शिब शर्मा ( माइलो) जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल मणिराज काफ्ले, सरस्वति खड्का थापा, रेनु शर्मा,सन्तोषराज सापकोटा, यादब थाप, धरणीधर न्यौपाने, पारबन राई,राजन चौलागाई, मणिराज काफ्ले, भीमसेन अधिकारी, राज कुमार कुँवर, प्रमिला न्यौपाने लगायत अन्य चर्चित कलाकार हरु को भूमिका रहेको छ ।

वि.सं.२०७३ पुस २० बुधवार ०७:०९ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...