back
CTIZAN AD

शेर्पाको निधनले पर्वतिय पर्यटनको क्षेत्रमा अपुरणिय क्षति : मन्त्री भट्टराई

वि.सं.२०७७ असोज ६ मंगलवार

894 

shares

 

काठामाडाैं – हिमचितुवाको नामले परिचित आङरिता शेर्पाको निधनले नेपालको पर्वतिय पर्यटनको क्षेत्रमा अपुरणिय क्षति पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् । आज एक शोक विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले शेर्पाले नेपालको पहिचानलाई अन्र्तराष्ट्रियस्तरमा उच्च बनाउन महत्वपुर्ण योगदान गरेको बताएका छन् ।

शेर्पाले कृत्रिम अक्सिजनको सहयोग विना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरि विश्व किर्तिमान कायम गरेका थिए ।
आज मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको मन्त्री भट्टराई द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १५:१३ मा प्रकाशित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...