
नजाऊ बन्न राता बाकसका दुखद् समाचारहरु ।
डल्ला फोर,नङ्ग्रा खियाऊ ए ! बेरोजगारहरु ।
हामीले आउन दिनै हुँदैन ति जहाजहरुलाई,
जसले बोकि लानेछन् भविष्यका कर्णधारहरु ।
सन्दुक खरिद गर्न नसक्ने,गरिब हुँ प्रिया,
भो चाँहिदैन मलाई तिम्रा महङ्गा उपहारहरु ।
शहर पस्ने रहर मेरा पनि, तिम्रा जस्तै छन्,
तर भेट्दिन त्यहाँ पनि जीवन जिउने सारहरु ।
मेरो देशको दुःख पीडा सुनाउन पनि शर्म लाग्छ,
सेता सफा देखिन्छन्, ती काला इज्जतदारहरु ।
वि.सं.२०७७ असोज १० शनिवार ११:२६ मा प्रकाशित




























