back
CTIZAN AD

कविता: मनोवृत्त

वि.सं.२०७७ असोज १० शनिवार

906 

shares

सफाछन् ठूलाछन् मन तन यहाँ सुन्दर अति ।
नहोला पिडामा जनमन यसै प्रलय कति ।।
अनौठो संख्याका वजन जब दुःखी जन यो ।
मनैको दुःखैमा जगत जननी आँशु झन त्यो ।।

वयेली खेलेरै पर पर डुली जान सजिलो ।
भकारी खोलेरै सुलु सुलु हुँदै खान सजिलो ।।
अज्ञानी सङ्गीको तन मन नहोला जिवनमा ।
सुनौलो मौकामा समय नभए हुन्न जनमा ।।

भुलेका सौभाग्यै सरल सहजै कुञ्ज वन यो ।
लडेरै मात्र हुन्न जन बल भो राख धन यो ।।
उठाऊ देशकै अनवरत गाथा जगतमा ।
सुनेरै जल्नेछन् सब जन नहोला फगतमा ।।

झुलाऊ बाटीका वर पर सुनौला फल अति ।
लगाऊ ज्ञानका झलमल दिपै प्रज्वल कति ।।
नहोला पीडा त्यो अचल धन आँफू पर गए ।
सुनेछौँ हामीले हरबखत साँचो मन भए ।।

खुशीमा आमाको बिगत नहुँदा दुःख कति भो ।
डुलेका बाबाका सयर सपना नै नभुल त्यो ।।
जुटेरै बन्दैछन् कति सफल संसार बिचित्र ।
मिलेरै आएमा असल जन यो हुन्छ पबित्र ।।

नसोच्दा आनन्दै सुख सयल हाम्रो जिवनमा ।
नलाए सत्ज्ञानै हर पटक आफ्नै पवनमा ।।
सबैको राम्रो हुन्न मनुष यहाँ यो जगतमा ।
बसेको रानो भै मगज भर रातो रगतमा ।।

छन्द-शिखरिणी

 

वि.सं.२०७७ असोज १० शनिवार ११:२९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...