
कुनै समय कसैको छाती
छर्राले चाल्नो बनाएपछि
तय भएको थियो
तिम्रो यात्राको आधार
कीटपतङ्मामा त भरिन्छ
जीवनको मोह
जिउने उत्कष्ठा
ऊ त चेलनशील
कसरी सुम्पन सक्छ ?
सस्तो मानेर
लाऊलाऊ र खाऊखाऊको वय
यतिसम्म सोच्न भ्याएनौ
जब मनायौ तिमीले
हजारौ लासको रासमा
सत्तारोहणको उत्सव
चुम्बकीय मात्र होइन रहेछ
निर्दयी र अन्धोसमेत बनाउन सक्ने
सत्ताको चास्नीमा भासिएपछि
न मोडिन सक्यौ दायाँबायाँ
न सक्यौ फर्केर नियाल्न विगत
दिनप्रतिदिन गाडिदै, डुब्दै र लठ्ठिदै गएको
तिम्रो चाला देखेर लाग्दैछ
महमा डुबेका झिँगाकोभन्दा
कम छैन तिम्रो अवस्था
जसका पखेटाले अब फड्फडाउदै उड्ने
सामर्थ्य राख्दैनन्
भोट बैंकको आँगनसम्म !!
वि.सं.२०७७ असोज १० शनिवार ११:३३ मा प्रकाशित




























