back
CTIZAN AD

नेजस कोरियाले वरिष्ठ नेता पौडेलको उपस्थितिमा अन्तरक्रिया गर्ने

वि.सं.२०७३ पुस २३ शनिवार

1.2K 

shares

leaders“पहिचान र बिबिधताको सम्मान–समृद्द नेपाल निर्माणमा कांग्रेसको अभियान” भन्ने मुल नाराका साथ नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा “संघीय र समृद्द नयाँ नेपाल निर्माणका लागि नेपाली कांग्रेसको नेतृत्वदायी भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
जनवरी २७ तारिखका दिन हवासु बिल्डिङ हेह्वा दोङ सौलमा गर्न लागिएको उक्त अन्तरक्रिया कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङ र पूर्वप्राध्यापक तथा पाँचथरका पार्टी सभापति नरेन्द्र कुमार केरुङको विशेष उपस्थिति तथा आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समिति कोरियाका कार्यबाहक महामन्त्री भिमराज चेम्जोङले संसारन्युजलाई जानकारी दिएका छन् ।
मुलकमा देखिएको राजनैतिक अस्थिरताका कारण देश अनिर्णयको बन्दी बनेको, देशको अर्थतन्त्र डामाडोल भएको, शान्ति सद्भाव तथा एकता खलबलिएको, झै–झगडा, जातिय, सामाजिक, धार्मिक तथा राजनैतिक असमझदारी तथा हत्या हिंसा, तोड्फोड, बलत्कार जस्ता जघन्य अपराधहरु बढ्दै गईरहेको भन्दै समितिले दुःख व्यक्त गरेको छ ।
बर्षौ लगाएर बनाएको संबिधान कार्यन्वयन हुने अबस्थामा नरहेको र नेपाली जनता देश रहला–नरहला भन्ने जस्ता अन्योलमा रहेको ठहर गर्दै समितिले यी र यस्ता समस्या समाधान गर्न नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो पार्टी भएको नाताले पार्टिको अबको कदम के हुन सक्छ ? अर्थात पार्टिको बिचार र दृष्टिकोण के छ त भन्ने बिषयमा अन्तरक्रिया कार्य कार्यक्रम केन्द्रीत रहने पनि कार्यबाहक महामन्त्री चेम्जोङले बताएका छन् ।

वि.सं.२०७३ पुस २३ शनिवार १०:०५ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...