back
CTIZAN AD

एकता समाजको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न 

वि.सं.२०७३ पुस २३ शनिवार

1.2K 

shares

syekata-samaj-bhela-in-oman

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत जनवरी ६ तारीख २०१७ शुक्रवारका दिन ओमान नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा आम कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय अध्यक्ष छविलाल बस्नेतको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिब शोभाकान्त लामीछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रशिक्षण कार्यक्रमको संचालन समाजकी केन्द्रीय सदस्य मनु सुनारले गर्नु भएको थियो भने केन्द्रीय सदस्य कुल बहादुर परियारले स्वागत मन्तव्य राख्नु भएको थियो । ज्ञातअज्ञात सहिदहरु प्रती एक मिनेट मौनधारणा पश्चात अघि बढेको सो प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि शोभाकान्त लामीछानेले अहिले नेपालमा लादेको संघीय ब्यवस्था नेपाललाई भारतमा गाभ्ने खेल भएको बताउदै पछिल्लो समयमा झन् एकपछि अर्को गर्दै यो कुरा जनतामाझ दिनको घाम झै छर्लङ्ग हुँदै आएको बताउनु भयो । भारतले नेपाललाई टुक्राटुक्रा पार्दै पहिले नेपालको समथर भुभाग तराईलाई अलग्याएर खान लागेको जिकिर गर्नु भयो । एउटा संसद धान्न नसक्ने गरिब देश नेपालले सात प्रदेश र संसदहरु धान्न असम्भव रहेको स्पष्ट पार्दै एकात्मक शासन प्रणाली अन्तर्गत नै राज्यको शक्ति बिकेन्द्रीकरण गरी स्थानीय स्वयत्तशासन अन्तर्गत देशको बिकास गर्न सकिने बिचार ब्यक्त गर्नु भयो । साथै उहाँले  लेनिनवादी संगठनात्मक सिद्धान्त तथा जनवादी केन्द्रीयताबारे प्रकाश पार्नु भएको थियो । ।

yekta-samaj-bhela-1

प्रशिक्षक नारायण ज्ञवालीले एक सय बर्ष पहिले रसियामा महान नेता कामरेड लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न गरेको बताउदै तिनै अक्टोबर क्रान्तिको महत्त्व र क्रान्तिकारी स्पृटलाई अङ्गाल्दै आम नेपाली जनतालाई संगठित पार्नु आजको आवश्यकता रहेको औंल्याउदै अक्टोबर क्रान्तिको महत्त्व र योगदान बारे थप प्रकास पार्नु भएको थियो । साथै उहाँले रक्तिम साँस्कृतिक अभियानको लक्ष्य उदेश्यबारे पनि प्रकाश पार्दै श्रमजीवी जनतालाई सचेत र जागृत गर्दै सभ्य संस्कृति र सर्वहारा बर्गको राज्य सत्ता स्थापना गर्न स्वदेशमा मात्र नभएर बिदेशमा पनि गीतसङ्गीत मार्फत लागि परेको बताउनु भएको थियो । प्रशिक्षणको क्रममै प्रथम उपाध्यक्ष जिबि लामाले प्रगतिशील साहित्य र पत्रकारिताको महत्व बारे प्रकाश पार्दै अहिलेको सूचना प्रविधिको युगले जनचेतनाको बिकास गराउन महत्त्वपूर्ण भुमिका खेलेको बताउदै समाजमा दुई खाले साहित्य विद्यमान रहेको र प्रगतिशील साहित्यले सर्वहारा बर्गिय हित र मुक्तिको निम्ति जोड दिईने बताउनु भयो । साथै प्रशिक्षकहरुले आ- आफ्नो बिषयहरुमा उठेको प्रश्नहरुको जवाफ दिईएको थियो ।

कार्यक्रमका अध्यक्ष छविलाल बस्नेतले देशको बर्तमान समसामयिक राजनैतिक परिस्थिति, चुनौती र संघीयता बारे प्रशिक्षण दिदै नेपालको इतिहासमा २००७ साल देखियता भएका कुनै पनि परिवर्तन र जनआन्दोलनमा कुरा नउठेको संघीयता नेपालमा भित्र्याएर अहिले देशको स्थिति अन्योलग्रस्त भएको र यस्ले देशको राष्ट्रियता नै संकटमा पार्ने हुनाले सबै जनता मिलेर संघीयतालाई खारेज गराउनु पर्ने धारणा राख्नु भएको थियो साथै उहाँले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत एक वर्षभर थुप्रै कार्यक्रमहरु रहेको जानकारी गराउदै प्रमुख कार्य संगठनको बिस्तार, बिकास र अधिक सदस्यहरु वृद्धि गर्ने लक्ष्य रहेको बताउनु भयो । एकता समाजको स्थापना र उदेश्य बारे पनि प्रशिक्षण दिनु भएको थियो । खेलकुद बिभाग प्रमुख दिल प्रसाद पौडेलले खेलकुदले प्रवासमा नेपालीहरुमाझ आपसी सद्भाव र भाईचारा बढाउने धारणा व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा चितवन बुद्ध नगरका मिलन डङ्गोल र बागलुङ धुल्लु बास्कोटका बिष्णु शर्मालाई अध्यक्ष छबिलाल बस्नेतद्वारा नयाँ सदस्यता प्रदान गर्नु भएको थियो । कार्यक्रममा महिला बिभाग प्रमुख गीता लिम्बू , साँस्कृतिक बिभागका कार्यबाहक अध्यक्ष भिमलाल गिरि, रुवि एरिया समितीका अध्यक्ष टंक आचार्य, सीब एरिया समितीका अध्यक्ष दुर्गा गिरी लगायत बिभाग र एरिया समितिका सदस्यहरुको उपस्तिथि रहेका थिए ।

वि.सं.२०७३ पुस २३ शनिवार ०९:३५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...