back
CTIZAN AD

लघुकथाः ठूलो मान्छे

वि.सं.२०७७ कात्तिक २२ शनिवार

960 

shares


शनिवारको दिन साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथिका रुपमा निम्त्याईएका उनी समय अगावै पुगे । सहभागी भन्दा पहिले अतिथि पुग्दा आयोजक असहज महसुस गरिरहेका थिए, तैपनि आफ्नो तयारीमा जुटिरहे ।

दर्शक, स्रोता र सहभागीको आगमनसँगै बिस्तारै हल भरिन थालेपछि आयोजकले राहत महसुस गरे ।

आसन ग्रहणको क्रम प्रारम्भ भयो । अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि , बरिष्ट लेखक, विद्वान समालोचक आदिलाई तिनको परिचय दिंदै आसन ग्रहण गराउँदा र खादा–मालाले स्वागत गर्दा केही समय लाग्यो ।

कार्यक्रम प्रारम्भ हुनै थाल्दा प्रमुख अतिथि हात जोड्दै सबैसँग बिदा माग्न थाले, भने ‘ठूलो मान्छे हुनु पनि गाह्रो छ, हु्न्न भनुँ साथीहरू रिसाउने, जाउँ भ्याईनभ्याई हुने । अझै दुईवटा कार्यक्रममा प्रमुख अतिथि हुन जानु छ, यहाँको लागि निर्धारित समय सकियो, त्यसैले बिदा पाउँ ।’

यति भनिसक्दा उनी मूलद्वारमा पुगिसकेका थिए ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:३६ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...