back
CTIZAN AD

प्रचण्डलाई प्रश्न – तपाईलाई किन अध्यक्ष मान्ने ?

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

1.6K 

shares

गर्नुपर्ने एउटै काम नगर्ने र आफ्नो क्षेत्राधिकार नै नरहेको विषयमा लफडा गरीरहने, गुट चलाएर पार्टी तहस नहस पार्न खोज्ने, कार्यकर्ताबाट अनुमोदित हुनै नचाहान, पार्टीका लागी विचार दिनै नसक्ने, विगतमा जस्तै ‘फुटाउ र शासन गर’को पन्च्यायती शैली अवलम्वन गर्ने र पार्टी विघटनको षड्यन्त्र गर्न खोज्नेलाई प्रजातन्त्रमा विश्वास गर्ने र जनताको बहुदलीय जनवादवाट प्रशिक्षीत कार्यकर्ताले तपाईलाई किन अध्यक्ष मानीरहने ?

आफ्नो कामको सिन्को नभाँच्ने अरुको कामको रन्कोले कहिले नछोड्ने नेपालका तिनवर्ग छन् भन्नुहुन्थ्यो अन्तर्राष्ट्रिय कानुनका जानकार डा गोपाल शर्मा । उहाँका अनुुसार नेपालका राजतितिज्ञ, डाक्टर उपाधिधारी बुद्धिजीवि र सरकारी कर्मचारी । यी तिन तप्का आफू पनि काम गर्दैनन् र काम गर्नेहरुलाई देखि पनि सहँदैनन् । पछिल्ला दुईका बारेमा पछि कुरा गरौँला । पहिलो तप्काको यो चरीत्र भने घामजस्तै छर्लङ्गै देखिएको छ । यो प्रवृत्ति पछिल्लो समय देशकै ठूलो र सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीमा खुव राम्ररी देख्न सकिन्छ । गत मङ्गसीर अगाडी त लौ न परिभाषित काम भएन भन्ने थियो । दुई अध्यक्ष रहेको दलमा परिभाषित जिम्मा नहुँदा अन्योलनै भएको होकी पनि भन्न सकिन्थ्यो । यहि अन्योलता अन्त्य गर्न नेकपाको दोश्रो केन्द्रीय कमिटी बैठकले कामको बाँडफाँड गरयो । एकजना अध्यक्ष केपि शर्मा ओलीलाई राजकीय सत्ता र अर्का अध्यक्ष पुष्प कमल दाहाललाई पार्टी सत्ताको जिम्मेवारी बैठकले दिएकै हो ।

तर दाहाललाई लागेको नानी देखिको हलो अड्काएर गोरु चुट्ने बानी नेकपामा फेरी बल्जिएको छ । अहिले आफ्नो जिम्मेवारीको सिन्को नभाँच्ने अरुको काममा हलो अड्काउने कार्यको सवभन्दा ठुलो नेता दाहाल बन्नु भएको छ । दाहाल अहिले देशकै सबभन्दा ठूलो दलको कार्यकारी अध्यक्ष हुनुहुन्छ । उहाँले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी सत्तामा छ । स्थानीय, प्रादेशिक र संघ सबै ठाँउमा नेकपा सुविधा सम्पन्न बहुमतमा छ ।

उक्त पार्टी चैत्रमा महाधिवेसन गर्ने तयारीमा समेत रहेको छ । तर अहिलेसम्म पार्टीको जीवनका रक्तबाहिनी धमनि मानीने सँगठीत सदस्यहस्को अवस्था के छ स्वयम् अध्यक्ष दाहाल अनविज्ञ हुनुहुन्छ ।

तिन वर्ष भयो संगठित सदस्यहरु वेरोजगार भएको यसमा उहाँलाई रत्तिभर चिन्ता छैन । भिमकाय कमिटीहरु आफ्नै भार थेग्न नसकेुुर लम्पसार छन् ।

पार्टीका लागि कार्यकर्ता उत्पादन गर्ने कारखाना मानीने अनेरास्ववियुु विद्यार्थीबाट टाढिएर दलाल र व्यापारीहरुको कव्जामा पुगेको छ । कोरोनाको कहरमा आफ्नो रहर पेलिएको हेर्दै भोको पेट बाँच्न विवस छन् लाखौ मजदुरहरु तर दाहालले नेतृत्व गरेको नेकपा वेखवर छ । दिनदिनै सयौ चेलीहरुको अस्मीता लुटिएको छ तर नेकपाको महिला सँगठन मुखमा भोटे ताल्चा लगाएर बसेको छ ।

कुनै समय दैवीप्रकोप र महामारी पछिको सबभन्दा ससक्त उद्दारक भनेर कहलिएको युवा सघँ कहाँ छ, कसैलाई मालुमनाइँ । साँचो अर्थमा दाहाल कार्यकारी रहेको नेकपा अहिले कहि कार्यालयमा भेटिदैन । खल्ती र झोलाभन्दा पर कतै पार्टी देखिदैन ।

तर कार्यकारी अध्यक्षले यसवारे कतै बोलेको सुनिदैन । उहाँको एउटै रटान छ सरकारले काम गरेन । हो अध्यक्षज्यु सरकारले काम गरेन । सरकार असफल भयो । एकछिन मानौु सरकार असफलनै भयो रे लौ, खै त तपाई सफल भएको ?
तपाई कार्यकारी भएको यो एकवर्षमा पार्टी कहाँ छ अध्यक्षज्यू ? यो बेला त पार्टीका सेल र वडाका अधिवेशनको रन्को हुनुपर्ने हो । प्रदेश क्षेत्र, संघीय क्षेत्र र प्रदेशको अधिवेसन उद्घाटनको दौडाहमा तपाई कहिले हिमाल, कहिले पहाड र कहिले तराई गरीरहनु पर्ने हो ।

तर यस्तो भइरहेको छैन । अहिले त अध्यक्षज्यू गुटका बैठक र षड्यन्त्रका तानावाना बुन्न व्यस्त हुनुहुन्छ । अध्यक्षले अहिले गर्नैपर्ने कार्य गर्नु नै भएको छैन र उहाँले गर्नै नपर्ने कार्यमा हल्ला गरीरहनु भएको छ । महाधिवेसनको मितीले च्याप्दै जाँदा पनि महाधिवेसन तयारीको एउटै काम नगर्नु यसको सोझो अर्थ हो उहाँ पार्टी सत्तामा कार्यकर्तावाट अनुमोदित भएर आउन चाहानुहुन्न । यसका लागि च्याँखे नथापे पार्टी सत्ता पनि गुम्न सक्छ । यसैले महाधिवेसनवाट कार्यकर्ताको ध्यान मोड्न अहिले दाहालले नयाँ स्टन्ट सुरु गर्नुभएको छ । यसो गर्दा उहाँले केहि थान मन्त्री पाउने अन्य नियुक्तीमा भाग पाउने तत्कालीक फाइदा छँदैछ । अझ ठूलो फाइदा कार्यकर्ताको सामना नै नगरी पार्टी सत्ताको सुखभोग गर्न पाइने च्याँखेदाउ दाहालको पछिल्लो स्टन्ट हो ।

गर्नुपर्ने एउटै काम नगर्ने र आफ्नो क्षेत्राधिकार नै नरहेको विषयमा लफडा गरीरहने, गुट चलाएर पार्टी तहस नहस पार्न खोज्ने, कार्यकर्ताबाट अनुमोदित हुनै नचाहान, पार्टीका लागी विचार दिनै नसक्ने, विगतमा जस्तै ‘फुटाउ र सासन गर’को पन्च्यायती शैली अवलम्वन गर्ने र पार्टी विघटनको षड्यन्त्र गर्न खोज्नेलाई प्रजातन्त्रमा विश्वास गर्ने र जनताको बहुदलीय जनवादवाट प्रशिक्षीत कार्यकर्ताले तपाईलाई किन अध्यक्ष मानीरहने ?

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १६:३६ मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...