back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १४२० सहित देशैभरी २७३६ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

852 

shares

२५ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४२० जनासहित देशैभरी २७३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११४१,ललितपुरमा १९३ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ९३, ताप्लेजुङमा १, तेह्रथुममा २, भोजपुरमा ३, मोरङमा ४७ र सुनसरीमा ७८ गरी प्रदेशमा आज २५३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १६, पर्सामा ५, बारामा १९, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ११ र सिराहामा १४ जना गरी प्रदेशमा आज ९८ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ११४१, काभ्रेपलान्चोकमा १०१, चितवनमा १६८, दोलखामा २४, धादिङमा ६ , नुवाकोटमा २२, भक्तपुरमा ८६, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १९३, सिन्धुपाल्चोकमा २० र सिन्धुलीमा ९ जना गरी प्रदेशमा आज १७८८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ९४, गोरखामा २१, तनहुँमा ७, नवलपरासीपूर्वमा ४१, पर्वतमा ६, म्याग्दीमा ४, लमजुङमा ८, बागलुङमा ८ र स्याङजामा २० जना गरी प्रदेशमा आज २०९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा २७, दाङमा ४५, नवलपरासीमा १५, पाल्पामा २२, प्युठानमा ४, बर्दियामा ३१, बाँकेमा २२, रुपन्देहीमा ८८ र रोल्पामा १० जना गरी प्रदेशमा आज जम्मा २७९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ५, रुकुमपश्चिममा १, सल्यानमा २, सुर्खेतमा ४ र हुम्लामा १ जना गरी प्रदेशमा आज जम्मा १३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा १८,कैलालीमा ५४, डडेल्धुरामा ४, डोटीमा १, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ३ जना गरी प्रदेशमा आज ९६ जना थपिएसँगै देशैभरी २७३६ जना संक्रमति थपिएका हुन् । जसमा महिला १०५९ र पुरुष १६७७ जना रहेका छन् ।

आज थपिएका २७३६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

आज देशैभरी २५७१ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १४२८

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १६:५६ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...