back
CTIZAN AD

लोक सेवा आयोगले सयौं प्राविधिक पदमा आवेदन खोल्यो

वि.सं.२०७७ कात्तिक २६ बुधवार

807 

shares

काठमाडौंं – लोक सेवा आयोगले बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ ।

विभिन्न सेवा समूहका झण्डै ३०० पदका लागि लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

स्वास्थ्य सेवातर्फका धेरै धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग भएको छ भने निजामती सेवातर्फ पनि न्यून संख्यामा माग भएको आयोगले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार ०६:५९ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...