२६ कार्तिक, काठमाडौं । फुडमाण्डुले नेपालमा फुड डेलिभरी कम्पनीको रुपमा काम गरेको १० औं वर्ष पुरा गरेको छ । सन् २०१० नोभेम्बर ११ बाट फुडमाण्डुले नेपालमा आफ्नो फुड डेलिभरी सेवाको सुरुवात गरेको हो ।
कम्पनीले नेपालका १० स्टार्टअप कम्पनीहरु सँग १० दिन सम्म सहकार्य गर्ने जनाएको छ । फुडमाण्डुले सस्तो डील, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्टार्टअप कम्पनीसँग सहकार्य गर्न लागेको हो ।
उक्त कम्पनीहरुको सहकार्यमा फुडमाण्डुले फुड डेलिभरी गराई ग्राहकलाई सप्राइज दिन लागेको हो । त्यस्तै फुडमाण्डुले अन्य कम्पनीहरुको समित सामाग्रि आफ्नो डेलिभरि सेवा मार्फत प्रदान गर्न लागेको हो ।
कम्पनीले २५ भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट दिने गरि यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १५:०५ मा प्रकाशित






























