back
CTIZAN AD

स्थानीय निकायलाई बलियो बनाउन पत्रकारलाई आग्रह

वि.सं.२०७३ पुस २६ मंगलवार

1K 

shares

 २६ पुस,रसुवा । संविधानअन्तर्गत अब बन्ने गाउँपालिका मजबुत बनाउन पत्रकारको कलम निरन्तर रुपले अगाडि बढ्नुपर्ने औँल्याइएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा र रसुवा जिल्लामा क्रियाशील पत्रकारबीच आज भएको अन्तरसंवादमा पत्रकारिता पेसा सम्हालेपछि आफैँले सोधखोज गरी सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिइएको छ ।

सो अवसरमा पत्रकार झाले विकास निर्माण, सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र विषयको यथार्थ समाचार लेखी पाठकसामु पु¥याउन अझ बढी मेहनत गर्न पत्रकारलाई सुझाव दिनुभयो ।

स्थानीय पत्रकारले हिमाली क्षेत्रको चिसो ठाउँमा भोग्नुपरेको कठिनाइबाट सूचना सङ्कलनमा आएको समस्या प्रस्तुत गरेका थिए ।

अन्तरसंवादमा विभिन्न सञ्चारमाध्यम, नागरिक समाज, प्रहरी र स्थानीय प्रशासनका प्रतिनिधिको सहभागिता थियो । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार ०८:४५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...