back
CTIZAN AD

पत्रकार महासंघ युएईको अध्यक्षमा बस्याल

वि.सं.२०७३ पुस २६ मंगलवार

1.1K 

shares

bhupraj1

युएई । नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा भुपराज बस्याल चयन भएका छन् । डिसेम्बर ३० शुक्रबार युएईको बरदुबईमा भएको पाँचौ अधिवेशनले बस्याललाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव धु्रव लम्सालको प्रमुख आतिथ्यमा भएको अधिवेशनले बर्ष २०१७ ्र १९का लागि नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकबाट पन्ध्र बर्ष अघि पत्रकारिता शुरु गरेका बस्याल यस अघि केन्द्रिय प्रतिनिधि थिए ।
स्थापना भए देखिनै सदस्यता लिएका बस्यालले कार्यसमिति सदस्य, उपाध्यक्षको रुपमा आफ्नो कार्यकाल पुरा गरि सकेका थिए । अध्यक्षमा निर्बाचित भएपछि बस्यालले युएईमा रहेका नेपाली दुतावास, एन आर एन ए, नेपाली समाज लगायत सबै संघ संस्थाको सहकार्यमा नेपाली संचारकर्मिको क्षमता अभिबृद्धिसंगै नेपाली कामदार, नेपाली ब्यवसायीको हितमा समेत सकृय रहने प्रतिवद्धता जनाए । बस्याल कारोबार दैनिकका लागि युएई प्रतिनिधि हुन् ।

bhuprajb

कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सह सचिवमा निर्भिक नारायण भुर्तेल, कोषाध्यक्षमा दिनेश आचार्य रहेका छन् । यस्तै सदस्यमा मोहन बस्याल, दामोदर दाहाल, निमाकान्त पाण्डे र खिमलाल पाण्डे रहेका छन् । अधिवेशनले बिनोद श्रेष्ठ र हरि नेपालीलाई केन्द्रिय सभाषद चयन गरेको छ ।
अधिवेशनले अघिल्लो कार्यसमितिले पेश गरेका आर्थिक तथा प्रगति प्रतिवेन सुधार सहित पारित गरेको छ । बैठकमा निवर्तमान कमिटिका सचिव लक्ष्मण खनालले सांगठनिक प्रगति प्रतिवेन र कोषाध्यक्ष मेघराज सापकोटाले तीस हजार दिराम बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए । नेपाल पत्रकार महासंघ युएईमा आवद्ध पत्रकार २२ जना छन् । युएई पत्रकार महासंघमा आवद्ध नभएका पनि उत्तिकै संख्यामा पत्रकार रहेका छन् । नेपाल पत्रकार महासंघ युएई शाखा सन २००७ मा स्थापना भएको हो । यो शाखा प्रवासमा खोलिएको नेपाल पत्रकार महासंघको पहिलो शाखा हो ।

वि.सं.२०७३ पुस २६ मंगलवार ०८:४६ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...