back
CTIZAN AD

अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

वि.सं.२०७७ मंसिर ४ बिहीवार

819 

shares

४ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका छन । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ ।

पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न निर्देशन दिएका छन । ।

प्राप्त समाचारअनुसार उनले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएको रक्षामन्त्री क्रिस्टोफर मिलरले जानकारी दिए ।

केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए । तर पनि त्यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् ।

राष्ट्रपति ट्रम्प हालै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पारजित भएका थिए । उनी स्थानमा अबको केही समयपछि अमेरिकी राष्ट्रपतिका रुपमा विजयी जो बाइडेनले सपथ लिँदै हुनुहुन्छ । तर अफगानिस्तानमा सेना उपलब्ध गराएका पश्चिमा देशहरुको संगठन नेटोले भने अफगानिस्तानमा अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरु रहेको बताएको छ ।

सो संगठनले त्यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणको योजना बन्न सक्ने पश्चिमा सैनिक फिर्ता गर्न नहुने बताएको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार ०९:५३ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...