
रङ्गमंचमा रहेर
जब म भुमिका निर्वाह थाल्दछु
तब म सबैलाई चकित पारिदिन्छु
म सफल हुदै गएको छु
त्यसैले मैले सफलताको शिखर चुमीसकेको छु,
तर मलाई थाहा छ
यो मेरो प्रगति
यो मेरो कमाल
यो सवै मेरो मात्रै कहाँ होर ?
जब म स्टेजमा देखा पर्दछु
मलाई पर्दा भित्रवाट निर्देशन आईरहेको हुन्छ
अनि म त्यस्तै अभिनय गर्दछु
मैले गरेको त्यो अभिनय
कतिका लागि आश्चर्यको विषय बन्दछ
तर मलाई थाहा छ
मेरो यो अभिनय मौलीक होइन,
मलाई पर्दा भित्रवाट निर्देश गर्ने,
‘गुरुहरु’ कै योगदान हो
त्यसैले मेरो अभिनय राम्रो देखिन्छ,
कति त लोभिन्छन पनि
कति ले त डाहा पनि गर्दछन,
मैले अभिनय शुरु गरे पछि
गडगडाहट ताली वजाएर, हुर्रे हुर्रेे भनेर
दर्शक दीर्घा पूरै रोमान्च बनाइदिने गर्दछन,
मेरा फ्यानहरुले
यसरी गडगडाहट ताली वर्षिन शुरुआत गरेपछि
ती डाहा गर्नेहरु मेरो अभिनय हेर्न नसकेर
दर्शक दीर्घा छोडेर वाहिरीन्छन,
जब निर्णायक मण्डलीले
अभिनयको नतिजा सुनाउछन्
मेरो नाम नै पहिलो नम्बरमा उद्घोष हुन्छ
दर्शकदीर्घावाट फेरि तालीका वर्षा छुटन थाल्छन्
आतशवाजीको शुरुआत हुन्छ
मेरा फ्यानहरु जिन्दावाद ! जिन्दावाद ! भन्न थाल्दछन्
सिंगो हलमा उल्लास, उमङ्ग छाउँछ
आखिर यो मेरो अभिनयको कमाल हो,
आभार छ, मेरा गुरुदेव प्रति
जसले पर्दा भित्रबाट
मलाई कुशल अभिनय गर्न निर्देश गरेर
मलाई उत्कृष्ट अभिनय गर्न प्रेरित गरेकोमा
धन्यवाद छ, मेरा फ्यानहरुलाई
जसले ताली बजाएर मलाई हौसला दिएकाछन्
मलाई गौरवछ
मेरो अभिनय प्रति ।।
वि.सं.२०७७ मंसिर १३ शनिवार १०:३१ मा प्रकाशित





























