back
CTIZAN AD

कविता: अब म उड्नु छ

वि.सं.२०७७ मंसिर १३ शनिवार

816 

shares

एक्काइसौं सताब्दीको अखेटामा उँभिदा पनि
दिमागमा टेको लगाउन पर्नेहरु
खुट्टाको नलि हाड दह्रा नहुनेहरु
धमनी र शिरामा प्रयाप्त रगत नखेल्नेहरु
समग्रमा भन्नू पर्दा दुधे आन्द्रा सुकेकाहरु

एकादेशको सौभाग्य गुमाइएकाहरु
सिंदुर ,चुरा र पोतेमा टेकिएकाहरु
बाह्रौ सताब्दीको अन्धकारमाझैं
अझै पनि हाम्रा आमाहरु
रातो रङ्गसंग डराउँछन्

भैगो बैनी ! अब फोन नगर
जहाज रनवेमा छ
अबका केही बेरमा जहाज उड्छ
म पनि उड्छु
जति सक्यो चाडो मैले देशलाई
रेमिट्यान्स दिनु छ ।

समाजले सातो उडाइए मध्येकी
रातो रंग त्यागेकी
मेरी पनि आमा छन्
जो विद्यमान दुनियाँसंग सधै डराईरहन्छिन्

मेरी आमाको दिमागको टेको हटाउन
खुट्टाको नलि हाड दह्रो पार्न
धमनी र शिरामा रातो रगत हिँडाउन
सिंदुर ,चुरा र पोतेमा उँभिएकी आमालाई
धर्तीमा टेकाउन

अब म उड्नु छ

म उड्नकोलागि
थन्काएर नागरिकता
पासपोर्ट बोकेर
एयरपोर्ट प्रवेश गर्दैछु

भैगो बैनी ! अब फोन नगर
जहाज रनवेमा छ
अबका केही बेरमा जहाज उड्छ
म पनि उड्छु
जति सक्यो चाडो मैले देशलाई
रेमिट्यान्स दिनु छ ।

वि.सं.२०७७ मंसिर १३ शनिवार १०:३३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...