back
CTIZAN AD

कविता: समाज

वि.सं.२०७७ मंसिर १३ शनिवार

9.8K 

shares

समाज,
जहाँ म जन्मे
हुर्के, बढे र शिक्षा आर्जन गरें
जहाँ मैले माया ममता
भाषा, संस्कार र संस्कृति सिखे ।

मैले राम्रो वा नराम्रो
जे सिखे
यहि समाजबाट सिखें
मान वा अपमान
जे पाए
यै समाजबाट पाए
म मान्छे बने या पशु
जे बने
यै समाजबाट सिखे र बने ।

त्यसैले ए ! समाज
पहिले तिमी असल बन
सभ्य, शिक्षित र संस्कारी बन
गुणवता बन
मानवता बन
अनि,
म र हामी र सबै
र ,
मेरो यो देश सुन्दर सभ्य बन्छ ।

मान्छेमा गुण र अवगुण
सभ्यताको बिकास
समाजबाट हुन्छ
कलिलो मष्तिकमा चेतना र बिचार
समाजबाट पाउँछ सिख्छ
तसर्थ,
हाम्रो शिक्षा र समाजिक संस्कार
साना र ठुला प्रति गरिने व्यवहार
सभ्य, सुन्दर र गतिलो हुनुपर्छ ।

यौटा बालकले
समाजबाट राम्रो शिक्षा संस्कार पाए
उ राम्रो बन्छ
नराम्रो शिक्षा संस्कार पाए
उ नराम्रो बन्छ
मान्छे असल वा खराब हुनुमा
समाजको महत्वपुर्ण देन र भुमिका हुन्छ ।

त्यसैले ए ! समाज
पहिले तिमी असल बन
सभ्य, शिक्षित र संस्कारी बन
गुणवता बन
मानवता बन
अनि,
म र हामी र सबै
र ,
मेरो यो देश सुन्दर सभ्य बन्छ ।

वि.सं.२०७७ मंसिर १३ शनिवार १०:३९ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...