back
CTIZAN AD

ऐतिहासिक कृति साइनो

वि.सं.२०७७ मंसिर १७ बुधवार

2.2K 

shares

बगरको साइनो
पछ्याउँदै छ भँगालो
सागर छुने तीव्र गति !

साइनोकार विष्णु पादुका पेसाले शिक्षक हुन् । शिक्षण कर्ममा समर्पित पादुका कविता विधाको नयाँ प्रयोग साइनो सिर्जनामा पनि सक्रिय छन् । साहित्यका कविता, कथा, निबन्ध विधाहरुमा कलम चलाइरहेका पादुकाको प्रथम प्रकाशित पुस्तकाकार कृति साइनो ले नेपाली साहित्यको ऐतिहासिक कृति बन्ने सुअवसर पाएको छ । यो पादुकाको मात्र प्रथम प्रकाशित कृति नभई सिङ्गो साइनो विधाकै प्रथम कृतिका रुपमा आएको छ । कास्की पोखरामा (२०३१)मा जन्मेर डोल्पा जिल्लालाई कर्म थलो बनाएका पादुकाको वास्तविक नाम विष्णुप्रसाद अधिकारी हो । उनको हालको बसोबास बाँके, कोहलपुरमा छ ।

विष्णु पादुका पछिल्लो समय साइनो सिर्जनामा बढी सक्रिय भई अभियन्ताकै रुपमा लागेका छन् । उनका कविता, कथा, निबन्ध साइनो सिर्जनाले सामाजिक जीवनमा देखिने विषम परिस्थितिलाई सहज बनाउनुपर्ने आग्रहका साथ मानवीय स्वर सुसेल्छन् । उनका रचनाहरुमध्ये मैले पढ्न भ्याएका केही सीमित फुटकर रचनाबाट यस्तै भाव झल्किन्छ । उनले राष्ट्रिय चेतनाका सशक्त सिर्जना गर्दै आएको पाइन्छ र ती कृतिहरु प्रकाशनको पर्खाइमा छन् भन्ने तथ्य उनीसँगको भलाकुसारीबाट थाहा हुन्छ । यहाँ भने पादुकाको प्रथम प्रकाशित कृति साइनो साइनो सङ्ग्रहको सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ ।

धरा आकाश मेल
नभेटिने क्षितिज त्यो
विशाल गृह साइनो यो ।(पादुका फेसबुक वाल)
खुसीको कुरा, यो विसं.२०७६ साल स्रष्टा विष्णु पादुकाको लागि ऐतिहासिक वर्ष बनेर बितेको छ । नेपाली साहित्यमा यसै वर्षको साउन सोह्र गतेदेखि सामाजिक सञ्जाल (फेसबुक)मार्फत सिर्जना सुरु भएको ‘साइनो सिर्जन कर्मसँग पादुका बेस्सरी’ झ्याम्मिएको देखिन्छ । परिणाम स्वरुप साइनोले छोटो उमेरमै फराकिलो भूगोलसम्म पुगेर धेरै जना स्रष्टाको प्रतिभा र साधना पाइसकेको छ । साइनो अझ छोटो समयमा सर्जक पादुका दुई सय छयानब्बेवटा साइनो सिर्जना गरी पुस्तकका रुपमा पाठकसमक्ष पु¥याउन सफल भए । उनको यस कार्यले साइनोकारहरुलाई गद्गद बनाएकै छ साथै ममा पनि उत्साह थपेको छ । हुन पनि साइनो विधा र स्वयं स्रष्टा विष्णु पादुकाको पनि प्रथम पुस्तकाकार कृतिका रुपमा ‘ (स’साइनोूक्ष्म कविता सङ्ग्रह) प्रकाशित गर्ने ऐतिहासिक सुयोेग जुर्नु समग्र साहित्यप्रेमीकै लागि सुखद मान्न सकिन्छ । हेरौं त, हैन र यो सुन्दर सुयोग !

हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
यो सानो आलेखमा धेरै कुरा त नसमेटिएलान् तथापि नयाँ विधाको पहिलो पुस्तकले साहित्यका पाठकमा जुन नयाँ स्वाद पस्केको छ त्यो पक्कै पनि स्मरणीय नै रहनेछ । सूत्रमा आएका साइनोले पाठकवृन्दमा व्यङ्ग्य चेतनासहित साहित्यिक स्वाद चखाउँछन् । यी रचना सामाजिक जीवनमा देखा परेका आर्थिक, राजनीतिक, सांस्कृति बेथितिप्रतिका गतिला कटाक्ष हुन् । यी रचनाले समाजलाई सकारात्मक परिवर्तनको आह्वान् गर्छन् । सङ्क्षिप्तमै भए पनि साइनोहरु जनजीवनको गतिशीलताका लागि सशक्त भाव सम्प्रेषण गर्न सफल देखिन्छन् । यी साइनो रचना हेर्दा विचारको घोत्ल्याइँ, प्रस्तुतिमा छरित्याइँ, बेथितिलई प्रहार, कर्मयोगलाई सम्मान, राष्ट्रियताको आह्वान गर्ने तिखा अभिव्यक्ति हुन् भन्ने विश्वास गर्न सकिन्छ । हेरौं न रचना :

खुँडा खुकुरी गोली
हिजोका गाह्रा साँघुरा
फलाए विलास तालुमा !( पेज–४३, रचना–१७१)
हुन त साइनोको आरम्भ र विकासमा सामाजिक सञ्जालकै देन छ । यसलाई चिन्ने/चिनाउने काम छापा÷अनलाइन पत्रपत्रिकाबाट हुँदै आएको सन्दर्भमा पादुकाले छायादत्त न्यौपानेको शुभकामना मन्तव्य र स्रष्टा महानन्द ढकालको साइनो कविता विधासम्बन्धी धारणासहितको आलेख समावेश गरीसाइनो सङ्ग्रह प्रकाशित गरेर नेपाली वाङमय र पाठकहरुलाई अनुपम गुन लगाएका छन् । साइनोको सत्र अठार महिने इतिहासको कुरा गर्ने हो भने स्रष्टा निरञ्जना चन्दको निरुको साइनो, स्रष्टा हरिप्रसाद चौलागाईको ब्रह्माण्ड साइनो, छैसट्ठी जना स्रष्टाका (सात, आठ र नौ) अर्थात ७८९वटा रचनाको संयुक्त साइनो सङ्ग्रह साइनो सारथि र स्रष्टा छविलाल खड्काको विरौटो जस्ता महत्त्वपूर्ण कृतिहरु प्रकाशित भइसकेका छन् । निटक भविष्यमा पाल्पा जिल्लाका बिस जना स्रष्टाहरुको संयुक्त साइनो सङ्ग्रह पाल्पाली साइनो आउँदै छ । यो साइनोले मारेको छलाङ आफैमा अद्वितीय रहेको पाइन्छ ।

साइनो धेरै स्रष्टाको स्याहार पाएर गतिशील बनेको छ । यसले कति त नवस्रष्टा उत्पादनको भूमिका निर्वाह गरिरहेको छ । कति स्रष्टा सक्रिय र परिष्कृत हुँदै छन् । कति सामाजिक सञ्जालको उपयोग अन्य प्रयोजनमा गरेर समय खेर फालिरहेका सर्जकलाई साइनोले आपूmतिर आकर्षित गरेर चेतना र समयको सदुपयोग गराएको छ । केही साइनो खास मूल्य लिएर आउन सफल देखिएका छन् । केही परिष्कारको क्रममा देखिन्छन् भने कतिपय सिकारु स्रष्टाहरुको चासो पनि आशा लाग्दो देखिएको छ । यसबाट प्रस्ट हुन्छ, साइनो छोटो छरितो लोकप्रिय विधाका रुपमा परिपक्व साहित्यिक खुराक बन्दै छ ।

यो नेपाली भाषाबाट सुरु भएको नवीन प्रयोगको कविता हो । यसलाई प्रथम आफ्नो साहित्यिक सन्तान बनाउन विष्णु पादुका सफल भए । यसर्थ पादुकाजी हामी सबैको तर्फबाट बधाई तथा धन्यवादका सुयोग्य पात्र बनेका छन् । यति मात्र हैन विष्णुजी साइनोसँग साङ्लिएको निकै छोटो समयमा ‘साइनो‘ सङ्ग्रह प्रकाशित गरेर धेरै स्रष्टाहरुमा उर्जा थप्न सफल भएका छन् । यसबाट प्रस्ट हुन्छ विष्णु पादुकामा अन्तर्निहित सिर्जनात्मक प्रतिभा, साइनोप्रतिको स्नेह, सम्मानभाव र जिम्मेवारीबोध । साइनोलाई (पास्नी) भात खुवाइकै उमेरमा दौडिने अवसर दिने काम विष्णुबाट भएको छ । पूर्ण भरोसा छ विष्णु पादुकाका यी समाजलाई उज्यालोतिर डो¥याउने साइनोहरु आगामी दिनमा अझ गहन र परिष्कृत हुँदै जानेछन् । उनी र उनीजस्ता स्रष्टालाई सफलताले पछ्याइरहनेछ । यस प्रेरणाले साइनोकार मित्रहरु सबैका रचना जीवन्त बनाउन सघाउनेछ । यससम्बन्धमा समीक्षकहरुमाझ विमर्श चलिरहनेछ । विष्णु पादुका जस्ता स्रष्टाहरुको स्याहार पाइरहे साइनो नेपाली मन–माटाको सुगन्ध लिएर पर पर धेरै परसम्म पुग्न सफल हुनेछ भन्ने विश्वासका साथ…! ‘ अस्तु

वि.सं.२०७७ मंसिर १७ बुधवार ११:५८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...