back

गीतकार सङ्घको छैटौँ साधारणसभा

वि.सं.२०७३ पुस २९ शुक्रवार

429 

shares
GLOBAL IME AD
NTC AD

२९ पुस,काठमाडौँ। समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथप्रदर्शन गर्ने गीत सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

गीतकार सङ्घको छैटौँ साधारणसभामा सहभागी वक्ताले विभिन्न जाति समुदायमा विभक्त नेपाली समाजमा सामाजिक एकताको खाँचो औँल्याउनुभयो ।

वरिष्ठ गीतकार किरण खरेलले मुलुकमा सामाजिक रुपान्तरणका लागि कला, साहित्य तथा गीत–सङ्गीत सशक्त माध्यम भएको विचार व्यक्त गर्नुभयो । उहाँले सर्जकले सिर्जना गर्ने गीत तथा सङ्गीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

सङ्गीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा सङ्गीतको सिर्जना गर्न सकिएमा राष्ट्र एकताबद्ध हुनसक्ने बताउनुभयो ।

गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले सो क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील नहुँदा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरुका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताउनुभयो । सो संस्थाको साधारणसभाले नयाँ नेतृत्वसमेत छनोट गर्नेछ । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार ०९:२४ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...