back
CTIZAN AD

सरकारको दिनगिन्ती सुरु भएको भन्दै विश्वभरीका जनसम्पर्क समितिका नेताले दिए यस्तो चेतावनी

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

735 

shares

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड र गिरफ्तारीको विश्वभरीका जनसम्पर्क समितिले निन्दा र भत्र्सना गरेका छन् ।

विश्वभरी रहेका नेपाली कांग्रेसका भातृ संगठनका नेताहरुले वरिष्ठ नेता पौडेलमाथि भएको प्रहरी दमन र हस्तक्षेप कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेको बताएका छन् ।

‘हामी पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगिन्ती आजको घटनाबाट सुरु भएको चेतावनी समेत दिन चाहन्छौं ।’ उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ संयुक्त विज्ञप्ति
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामचन्द्र पोख्रेल लगायतका नेताहरु घाइतेहुने गरि भएको दमन र हस्तक्षेप निन्दनीय छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलज्यूमाथि आज उहाँको गृहजिल्ला तनहुँमा भएको प्रहरी दमन र हस्तक्षेपको हामी कडा निन्दा र भर्त्सना गर्दछौं । यो दमन र गिरफ्तारी वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको विद्रुप रुप हो भन्ने हाम्रो बुझाई छ। कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ ।

आजको यस घटना सर्वसत्ताबादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेका छौं ।
लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने, आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने आधारभूत हक,अधिकारको सुरक्षा गरिएको हुन्छ । तर आफ्नै सरकारको पालामा निर्माण सम्पन्न भएको पूल उद्घाटन गर्न जाने क्रममा नेपाली कांग्रेसका नेतामाथि ओली सरकारको ठाडो निर्देशनमा भएको यस किसिमको प्रहरी हर्कत, धरपकड र गिरफ्तारीले सरकारको अधिनायकवादी अनुहार र चरित्र समेत उदांगो भएको छ ।

हामी पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि आज भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ती आजको घटनाबाट सुरु भएको चेतावनी समेत दिन चाहन्छौं ।

जय नेपाल

विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट

१- आनन्द बिष्ट, आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति, नेजस -अमेरीका

२- बालकृष्ण पाण्डे आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति,नेजस- भारत

३- सीता सापकोटा, सभापति, नेजस- बेल्जियम

४- लेख बहादुर गुरुङ सभापति, नेजस -मकाउ

५ -पदम सुन्दर गुरुङ सभापति, नेजस -बहराइन

६ -खगेश्वर अधिकारी सभापति, नेजस- इजरायल

७ -शिखर खड्का सभापति, नेजस- जर्मनी

८ -सिता अर्याल सभापति, नेजस -साईप्रस

९- डा एलिनी पोख्रेल सुवेदी, सभापति, नेजस पोल्याण्ड

१०- शुक्रराज न्यौपाने, नेजस- आईरल्याण्ड

११- शंकर न्यौपाने, काबा सभापति. नेजस -कतार

१२- आस्थाबिन्दु मल्ल, सभापति- नेजस दक्षिण कोरिया

१३- बिनोद घिमिरे, सभापति-नेजस पोर्चुगल

१४- ईन्द्र शर्मा, सभापति- नेजस स्पेन

१५- मीन गुरुङ, सभापति -नेजस हङकङ

१६ -युव राज गुरुङ, सभापति -नेजस बेलायत

१७ -बुद्धी प्रकाश ओली ,सभापति -नेजस क्यानाडा

१८ -प्रेमजंग गुरुङ, सभापति -नेजस नेदरल्याण्ड

१९ -सुधिर राना, सभापति -नेजस फ्रान्स

२०- जितेन्द्र बिक्रम शाहि, सभापति -नेजस नर्वे

२१- शालिक चापागाई, काबा सभापति- नेजस ओमन

२२- भुवानी प्रसाद तिमिल्सिना, सभापति- नेजस यूएई

२३ -राजेन्द्र रसाईली बिरही, सभापति- नेजस कुवेत

२४- रोशन के सी, सभापति, नेजस जापान

२५- बालकृष्ण सापकोटा, सभापति- नेजस लकजेम्बर्ग

२६- बुद्धिसागर घिमिरे सभापति -नेजस न्यूजील्याण्ड

२७ -दीपक रेग्मी, सभापति नेजस, साउदी- अरेबिया

२८ -नबिन थपलिया सभापति- नेजस- स्विडेन

२९ -श्याम सापकोटा सभापति -नेजस स्विजरल्याण्ड

३० -चोला कान्त पंगेनी, सभापति- नेजस मलेसिया

३१ -बिरेन्द्र सिंह कार्की, सभापति,-नेजस डेनमार्क

३२ -राजन कुमार जमकटेल, सभापति- नेजस-चीन

३३- कृष्ण गिरी सभापति, नेजस-अष्ट्रेलिया

३४- राजन चौलागाई, नेजस -इटली

३५- सन्देश के सि, नेजस- माल्टा

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १८:०८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...