back
CTIZAN AD

हङकङमा कोरोनाबाट पहिलो पटक एक नेपालीको मृत्यु

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

705 

shares

१९ मंसिर । हङकङमा कोरोना भाइरसबाट पहिलो पटक एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भुपुमन्त्री चन्द्र सिङ घलेकी श्रीमती सुष्मा घले रहेको गैरआवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ (टिका) ले सामाजिक सञ्जालमा लेखेकी छन् ।

कोरोना संक्रमित ७३ वर्षीया घलेको बुधवार क्वीन एलिजाबेथ अस्पतालमा मृत्यु भएको हो । पोखरा घर भएकी उनी सेप्टेम्बर पहिलो साता नेपालबाट हङकङ गएकी थिइन् ।

दीर्घकालीन रोगले पीडित घलेलाई अक्टोबरको शुरूमा ज्वरो, बान्ता र पखाला लागेपछि अस्पतालमा भर्ना गरिएको थियो।
उपचारपछि कोरोना परीक्षण नेगेटिभ पाइएसँगै उनी क्वारेन्टिनबाट निस्केकी थिइन्। श्वास प्रश्वासको समस्या देखिएपछि उनलाई पुनः अस्पताल भर्ना गरीएको थियो । उनको आईसीयुमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १८:१८ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...