back
CTIZAN AD

बूढानीलकण्ठमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइने

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

747 

shares

१९ मंसिर, बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले बताए ।

“स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो”, प्रमुख उपाध्यायले भने। गत वैशाखदेखि पढाइ शुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ ।

नगरपालिकाले कक्षा १देखि ८सम्म अनिवार्य विषयका रुपमा अध्ययनअध्यापन शुरु गरेको बताइएको छ । पुस्तकको नाम कक्षा १ देखि ३ सम्म ‘मेरो बूढानीलकण्ठ’ र ४देखि ८सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ ।

विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन् ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १८:५८ मा प्रकाशित

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...